काठमाडौँ : कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मानव अधिकार ऐनलाई छिटोभन्दा छिटो संसदबाट पारित गर्ने बताएका छन्।शुक्रवार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले मुलुकको इज्जतको विषय भएकाले कानून निर्माणका सन्दर्भमा सरकारले ढिलाइ नगर्ने बताए।उनले जुनसुकै विधेयकलाई कानून मन्त्रालयले छिटोभन्दा छिटो काम सम्पन्न गराएर पठाउने काम गरिरहेको बताए। उनले चालु अधिवेशन भित्रै मानव अधिकार ऐनलाई पारित गर्न कठिन रहेको बताए।उनले भने, ‘यो मुलुकको इज्जतको विषय पनि हो। स्वाभिमानको