जनताले निःशुल्क उपचार नपाएसम्म राज्यकोषबाट एक रुपैयाँ पनि उपचार खर्च लिन्नः मन्त्री गुरुङ

काठमाडौं, १ भदौ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राज्यकोषबाट उपचार खर्च नलिने बताएका छन् । आज (शुक्रबार) कांग्रेस निकट निजामति कर्मचारीहरुको भेलालाई सम्बोधन गर्दै उनले गरिब जनताले निःशुल्क उपचार नपाएसम्म राज्यकोषबाट उपचार खर्च नलिने बताएका हुन् । मुलुक सुधारका लागि पहिला आफैं सुध्रिन आवश्यक रहेको उनको भनाई थियो । मुलुकलाई भ्रष्टाचार मुक्त […]

सम्बन्धित सामग्री

एक वर्षमा एक सय १२ परदेशीका परिवारले पाए बोर्डबाट स्वास्थ्य उपचार खर्च

काठमाण्डौ – एक वर्षमा वैदेशिक रोजगारीमा रहेका व्यक्तिका एक सय १२ परिवारका सदस्यले वैदेशिक रोजगार बोर्डमार्फत स्वास्थ्य उपचार खर्च पाएका छन् । वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारलाई गम्भीर बिरामी पर्दा उपचार खर्च उपलब्ध गराउँदै आएको बोर्डले गएको आर्थिक वर्ष २०७९/०८० मा एक सय १२ परिवारका सदस्यलाई ५६ लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरेको हो ।  वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारका सदस्य गम्भीर बिरामी वा दीर्घकालीन रोग लागेमा बोर्डले ५० हजार रुपैयाँसम्म आर्थिक सहायता प्रदान गर्छ । यो आर्थिक सहायता क्यान्सर,...

लाङटाङ निकुञ्जले दियो किसानलाई ३६ लाख रुपैयाँ राहत

रसुवा : लाङटाङ राष्ट्रिय निकुञ्जले किसानलाई ३६ लाख रुपैयाँ राहत रकम वितरण गरेको छ।जंगली जनावरले घाइते बनाएका व्यक्तिको उपचार खर्च, भालु, बँदेलद्वारा अन्नबाली क्षति तथा चितुवाबाट चौपायाको नोक्सान भएका किसानलाई क्षतिपूर्तिवापत उक्त रकम प्रदान गरिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भटृराईका अनुसार किसानलाई गत एक वर्षको अवधिमा राहत रकम वितरण गरिएको हो। राहत पाउनेमा पशु चौपाया नोक्सान भएका ८१, अन्नबाली क्षतिका चार सय आठ तथा वन्यजन्तुको आक्रमणबाट घाइते भएका पाँच स्थानीय बासिन्दा

दीर्घ रोगीहरुले ५ हजार रुपैयाँ उपचार खर्च पालिकाबाटै पाउने

काठमाडौं : सरकारले दीर्घ रोगीहरुलाई दिने भनेको उपचार खर्च आफ्नै पालिकाबाट पाउने भएका छन्। सरकारले बजेटको प्रतिस्थापन विधेयकमार्फत् दीर्घ रोगीका लागि मासिक पाँच हजार रुपैयाँ भत्ता प्रदान गर्ने घोषणा गरेको थियो। त्यसपछि सरकारले गत चैत १३ गते मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइराख्नु परेका, क्यान्सर समस्या भएका र मेरुदण्डको पक्षघात भएका…

डा भीमसिंह तिंकरीकाे उपचारमा सरकारले १० लाख सहयाेग गर्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ डा भिमसिंह तिंकरीलाई सरकारले १० लाख रुपैयाँ उपचार खर्च दिने भएको छ।

झलनाथ र रामवरणसहितले राज्यबाट उपचार खर्च बुझे

काठमाडौं : सरकारले पूर्व प्रधानमन्त्री झलनाथ खनालसहितका व्यक्तिलाई उपचार खर्चको नाममा पैसा बाडेको छ। राज्यबाट आर्थिक सहयोग लिनेमा झलनाथ, पूर्वराष्ट्रपति डा. रामवरण यादव र बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्मालगायत छन्। अर्थ मन्त्रालयको प्रतिवेदन अनुसार  यो आर्थिक वर्षमा राज्यबाट उपचार खर्च लिनेमा सबैभन्दा बढी झलनाथ छन्। उनले ४८ लाख ५० हजार लिएका छन्। दिल्लीमा उपचार खर्चका लागि राज्यकोषबाट उनले सहयोग लिएका हुन्।त्यस्तै, पूर्वराष्ट्रपति डा.रामवरणले  १० लाख रुपैयाँ आर्थिक स

रामवरणदेखि झलनाथसम्मलाई आर्थिक सहायता, सरकारले बाँड्यो तीन करोड

सरकारले चालु आर्थिक वर्षको मंसिरसम्ममा आर्थिक सहायताको नाममा तीन करोड रुपैयाँ बाँडेको छ ।  उच्च पदस्थ व्यक्तिको उपचार खर्च, आर्थिक सहायताका साथै सर्वसाधारणहरुलाई पनि उपचार खर्च र आर्थिक सहायतका नाममा राज्यकोषबाट उक्त रकम खर्च गरेको हो । राज्यबाट आर्थिक सहयोग लिनेमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पूर्वमन्त्री प्रदीप नेपाल, पूर्वराष्ट्रपति डा. रामवरण यादवसम्म छन् । अर्थमन्त्रालयले रकमान्तर गरी गृह लगायतका मन्त्रालयबाट आर्थिक सहायता बाँडेको हो । मन्त्रालयका अनुसार यो आर्थिक वर्षमा र

राज्यकोषबाट उपचार खर्च नलिने नेतामा शेरबहादुर देउवा अपवाद

राज्यकोषबाट उपचार खर्च लिने सरकार प्रमुख र नेताको लामो सूची देखिएको छ । हुने खाने र ठूलाबडाले समेत राष्ट्रिय ढुकुटीबाट उपचार खर्च लिएको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा भने अपवाद देखिएका छन् ।  सरकारको रेकर्डमा देउवाले उपचार खर्चको नाममा अहिलेसम्म कुनै सुविधा लिएको देखिएको छैन । राष्ट्रिय ढुकुटीबाट विदेशमा उपचार गर्नेमा पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्रीदेखि प्रधानन्यायाधीशसम्मको लामै सूची छ । पूर्व राष्ट्रपति डा. रामवरण यादवले उपचार खर्च बापत एक करोड ४० लाख रुपैयाँ लिएका थिए ।&...

खेलाडी कल्याणकारी कोषले गर्‍यो उपचार खर्च सहयोग

राष्ट्रिय खेलाडी कल्याणकारी कोषले विभिन्न ४ खेलका खेलाडीलाई सहयोग स्वरूप सोमवार उपचार खर्च उपलब्ध गराएको छ । ४ खेलाडीलाई २ लाख ९ हजार ६५५ रुपैयाँ प्रदान गरिएको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका कोषका सदस्य सचिव दीपक श्रेष्ठले जानकारी गराए । ब्याडमिन्टनकी रञ्जना भट्ट र टेबलटेनिसकी मारिया थापा मगरलाई समान ८०–८० हजार रुपैयाँ प्रदान गरिएको छ । जुडोकी सुनिता बोहरालाई ३० हजार तथा उसुकी सिलु डंगोललाई १९ हजार ६५५ रुपैयाँ उपलब्ध गराइएको छ । सुदूरपश्चिम प्रदेशमा रहेकी जुडोकी सु...

नेपाली कामदारकोदुई करोड ५० लाख रुपैयाँ मिनाहा

साउदी अरबको रियादस्थित फ्यामेलीकियर अस्पतालले एक नेपाली कामदारको उपचार गर्दा लागेको झन्डै दुई करोड ५० लाख रुपैयाँ (८ लाख २३ हजार रियाल)को मिनाहा गरिदिएको छ । अस्पतालले साढे दुई वर्षपछि हरैचा–९,मोरङका वेदबहादुर भुजेलको उपचार खर्च मिनाहा गरिदिएको हो । उपचार खर्चको बिल भुक्तानीगर्न नपरेपछि उनी बिहीबार स्वदेश फर्केका छन् । उपचार खर्च तिर्न नसकेपछि अस्पतालले साढे दुई वर्षअघि रियादस्थित स्थानीय अदालतमा भुजेलविरुद्ध मुद्दा दायर गरेको थियो । रियादस्थित नेपाली दूतावासले निरन्तर मुद्दा फिर्ता लिएर उपचारको बिल मिनाहगर्...