पर्यटन प्रवर्द्धनका लागि भियतनामसँग सिधा उडान गर्न आग्रह

काठमाडौँ– नेपाल–भियतनाम सम्बन्ध थप विस्तार तथा पर्यटन प्रवर्द्धनका लागि दुबै मुलुकबीच सिधा उडान हुनुपर्ने यस क्षेत्रका जानकारहरूको सुझाव छ । नेपाल–भियतनाम चेम्बर अफ कमर्शले नेपालका लागि समेत राजदूत रहेका न्गुयेन थान हाइको स्वागतका लागि आज यहाँ आयोजना गरेको कार्यक्रममा उनीहरूले लुम्बिनी–भियतनाम सिधा उडान गर्न सके बुद्धिस्ट सर्किट विस्तारमा टेवा पुग्ने धारणा व्यक्त गरेका हुन् । […]

सम्बन्धित सामग्री

हिमालयन एयरलायन्सको काठमाडौं-ल्हासा सिधा उडान सुरु

नेपाली र चिनीयाँको संयुक्त लगानीमा स्थापना भएको हिमालयन एयरलायन्सले काठमाडौंदेखि चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासामा सिधा उडान सुरु गरेको छ । कोभड १९ पछि ल्हासा व्यावसायिक उडान गर्ने हिमालयन एयरलायन्स पहिलो अन्तर्राष्ट्रिय एयरलायन्स हो । बिहिबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले उडानको उदघाटन गर्नुभएको हो । उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किराँतीले नेपाल-चीन …

नेपालबाट ल्हासाको सिधा उडान दोस्रो सेतु: मन्त्री किराँती

चीन र नेपालको सम्बन्धमा नेपाल लासा सिधा हवाई उडान दोश्रो सेतुको रुपमा स्थापित भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले बताएका छन्।...

ड्रयागन बोट फेस्टिबलका लागि छन्तुबाट पोखरा सिधा उडान

सांघाई : जुन २१ मा चिनियाँ शहर छन्तुबाट पोखराका लागि सिधा उडान हुने भएको छ। बेइजिङ स्थित नेपाली दूतावासका अनुसार पोखरामा आयोजना हुने ड्रयागन बोट फेस्टिबलका लागि चार्टर्ड उडान हुन लागेको हो।  चिनियाँ ड्रयागन बोट फेस्टिबलमा पोखरामा नेपाल पर्यटन बोर्ड र चिनियाँ दूतावासको आयोजनामा प्रतियोगिता हुँदैछ। प्रतियोगितामा चीनका युनान नर्मल…

काठमाडौं-ल्हासा सिधा उडान खोल्न नेपालको प्रस्ताव

२० चैत,काठमाडौं । नेपालले काठमाडौं-ल्हासा सिधा उडान खुला गर्न चिनियाँ पक्षसँग माग गरेको छ । १ ५ चैतमा तिब्बतको ल्हासामा बसेको नेपाल–चीन सीमा व्यापार संयन्त्रको पहिलो बैठकमा नेपालले चिनियाँ पक्षलाई यस्तो प्रस्ताव गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकाअनुसार कोभिड-१ का कारण बन्द भएको हवाई सेवाले दुई देश बीचको पर्यटन र व्यापारलाई थप वितार गर्ने […]

हवाई उडानसँगै गण्डकी र कोशी प्रदेशको पर्यटन प्रवद्धनमा जोड

पोखरा – गण्डकी प्रदेश र कोशी प्रदेशको पर्यटन प्रवद्र्धनका लागि स्थानीय तह र पर्यटन व्यवसायीबीच झापाको भद्रपुरमा बृहत अन्तरक्रिया गरिएको छ । बुद्ध एयरले पोखराबाट झापा (भद्रपुर) सिधा उडान गरेसँगै उत्साहित पोखराका पर्यटन व्यवसायीले गन्तव्य पोखरा कार्यक्रममार्फत कोशी प्रदेशका स्थानीय तह र त्यहाँका पर्यटन व्यवसायी एवं पत्रकारसँग अन्तक्र्रिया गरेका हुन् । पोखरा पर्यटन परिषद्को आयोजना, […]

इजरायल–भैरहवा सिधा उडान गर्न इजरायल इच्छुक

काठमाडौँ– इजरायलले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने इच्छा देखएको छ । काठमाडौँस्थित इजरायली राजदूत हेनान गोदरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँगको भेटमा यस्तो चाहाना राखेका हुन् । मन्त्री आलेसँग राजदूत गोदरले सोमबार शिष्टाचार भेट गरेका थिए । सो भेटका क्रममा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडानबारे चर्चा भएको हो । […]

भैरहवाबाट सिधा हवाई उडान गर्न इजरायल सरकार इच्छुक

इजरायल–नेपाल, भैरहवा सिधा हवाई उडान गर्न इजरायली सरकार इच्छुक रहेको राजदूत हेनान गोदरले बताएका छन् । सोमबार राजधानीमा संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेसँग भेटवार्ता गर्दै इजरायली राजदूतले यस्तो बताएका हुन् । भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगका साथै दुई देशबीचको पर्यटन व्यवसायलाई समेत सहयोग पुग्ने गरी इजरायल–नेपाल सिधा उडान गर्न चाहेको राजदूत गोदरले बताए ।  सो अवसरमा राजदूत गोदरले मन्त्री आलेलाई इजरायल–काठमाडौँ सिधा हवाई उडा

पोखरा–ढाका सिधा उडानबारे छलफल

पोखरा, साउन १० । पोखरालाई विदेशी सहरसँग हवाई सेवामार्फत जोड्ने प्रयास गरिएको छ। पर्यटन व्यवसायीले पोखराबाट भारतीय सहरमा मात्र नभई बंगलादेशको ढाकामा पनि सिधा उडान सुरु गर्न छलफल थालेका हुन्। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा), गण्डकी, विमान बंगलादेशका प्रतिनिधि र पोखराका पर्यटन व्यवसायीबीच यस विषयमा छलफल भएको छ। अहिले पोखराबाट नेपालका विभिन्न […]

पोखरा–ढाका सिधा उडानबारे छलफल

पोखरालाई विदेशी सहरसँग हवाई सेवामार्फत जोड्ने प्रयास गरिएको छ। पर्यटन व्यवसायीले पोखराबाट भारतीय सहरमा मात्र नभई बंगलादेशको ढाकामा पनि सिधा उडान सुरु गर्न छलफल थालेका हुन्।...

पोखरा–नेपालगञ्ज सिधा उडान शुरु गर्दै बुद्ध एयर

साउन ८, कास्की । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले पोखरादेखि नेपालगञ्ज सिधा उडान सञ्चालन गर्ने भएको छ । काठमाडौं केन्द्रित उडानलाई प्रदेशबाट पनि विस्तार गरिरहेको कम्पनीले आगामी साउन १७ गतेदेखि पोखराबाट नेपालगञ्जको सिधा उडान गर्न लागेको हो । शुरुआतमा साताको तीन दिन अर्थात् आइतवार, बुधवार र शुक्रवार उडान गर्नेछ । केही समयपछि यात्रुको मागअनुसार बुद्ध एयरले दैनिक उडान गर्ने योजना बनाएको छ । पर्यटकीय क्षेत्र पोखराबाट नेपालगञ्ज उडानले दुबै शहरका जनता लभान्वित हुनुका साथै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले बताए ।  उनका अनुसार नेपालगञ्जबाट केही घण्टाको दूरीमा रहेको बर्दिया राष्ट्रिय निकुञ्ज तथा कर्णाली चिसापानीतर्फ पनि पर्यटकीय गतिविधि बढ्ने विश्वास छ । नेपालगञ्जका बासिन्दा पनि पर्यटकीय शहर पोखरा आसपासका रहेका तालतलाउ तथा हिमाल श्रृंखलाको आनन्द लिन सक्छन् ।     यस उडानबाट नेपालगञ्ज नजिक रहेका भारतीय शहर लखनउ, कानपुर आदि गन्तव्यका पर्यटक पनि आकर्षित हुने बुद्ध एयरले विज्ञप्तिमा जानकारी दिएको छ । बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले यी दुवै गन्तव्यका लागि आकर्षक होलिडे प्याकेज सञ्चालन गर्नेछ । कोभिड–१९ महामारीको सन्दर्भमा बुद्ध एयरले संक्रमणरहित उडानका लागि ‘कोभिडविरुद्ध सुरक्षा निर्देशिका’, जनशक्तिलाई अभिमुखिकरण, पिपिई प्रदान, बीमा र त्यसै अनुरुपको हवाइसेवा सञ्चालन गरिरहेको जानकारी दिएको छ । पछिल्ला दिनमा हवाई यात्रुको संख्या पनि क्रमशः बढिरहेको कम्पनीले जानकारी दिएको छ । बुद्ध एयरसँग एटीआर–७२ जहाज १० थान, एटीआर–४२ जहाज तीन थान र दुई थान बीचक्राफ्ट जहाज रहेका छन् ।