पोखरा–नेपालगञ्ज सिधा उडान शुरु गर्दै बुद्ध एयर

साउन ८, कास्की । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले पोखरादेखि नेपालगञ्ज सिधा उडान सञ्चालन गर्ने भएको छ । काठमाडौं केन्द्रित उडानलाई प्रदेशबाट पनि विस्तार गरिरहेको कम्पनीले आगामी साउन १७ गतेदेखि पोखराबाट नेपालगञ्जको सिधा उडान गर्न लागेको हो । शुरुआतमा साताको तीन दिन अर्थात् आइतवार, बुधवार र शुक्रवार उडान गर्नेछ । केही समयपछि यात्रुको मागअनुसार बुद्ध एयरले दैनिक उडान गर्ने योजना बनाएको छ । पर्यटकीय क्षेत्र पोखराबाट नेपालगञ्ज उडानले दुबै शहरका जनता लभान्वित हुनुका साथै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले बताए ।  उनका अनुसार नेपालगञ्जबाट केही घण्टाको दूरीमा रहेको बर्दिया राष्ट्रिय निकुञ्ज तथा कर्णाली चिसापानीतर्फ पनि पर्यटकीय गतिविधि बढ्ने विश्वास छ । नेपालगञ्जका बासिन्दा पनि पर्यटकीय शहर पोखरा आसपासका रहेका तालतलाउ तथा हिमाल श्रृंखलाको आनन्द लिन सक्छन् ।     यस उडानबाट नेपालगञ्ज नजिक रहेका भारतीय शहर लखनउ, कानपुर आदि गन्तव्यका पर्यटक पनि आकर्षित हुने बुद्ध एयरले विज्ञप्तिमा जानकारी दिएको छ । बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले यी दुवै गन्तव्यका लागि आकर्षक होलिडे प्याकेज सञ्चालन गर्नेछ । कोभिड–१९ महामारीको सन्दर्भमा बुद्ध एयरले संक्रमणरहित उडानका लागि ‘कोभिडविरुद्ध सुरक्षा निर्देशिका’, जनशक्तिलाई अभिमुखिकरण, पिपिई प्रदान, बीमा र त्यसै अनुरुपको हवाइसेवा सञ्चालन गरिरहेको जानकारी दिएको छ । पछिल्ला दिनमा हवाई यात्रुको संख्या पनि क्रमशः बढिरहेको कम्पनीले जानकारी दिएको छ । बुद्ध एयरसँग एटीआर–७२ जहाज १० थान, एटीआर–४२ जहाज तीन थान र दुई थान बीचक्राफ्ट जहाज रहेका छन् ।

सम्बन्धित सामग्री

बुद्ध एयर २७औं वर्षमा

काठमाडौं– बुद्ध एयरबाट दुई करोडभन्दा बढी यात्रुले सेवा पाइसकेका छन् । नेपाली आकाशमा सानो १८ सिटे विमानबाट उडान भरेको बुद्ध एयर २७औं वर्षमा प्रवेश गरेको छ । यस अवधिमा बुद्ध एयरबाट दुई करोडभन्दा बढी स्वदेशी तथा विदेशी यात्रुले सेवा प्राप्त गरिसकेका छन् । हाल बुद्ध एयरसँग तीन वटा एटीआर–४२ तथा १३ वटा एटीआर–७२ विमान रहेका […]

बुद्ध एयर २६औं वर्षमा प्रवेश

हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयर २५ औं वर्षमा प्रवेश गरेको छ ।११ सेप्टेम्बर १९९७ देखि नेपाली आकाशमा विधिवत् रूपमा हवाई उडान सुरु गरेको कम्पनीले मंगलबारदेखि आफ्नो हवाई उडान यात्राको सफलतापूर्वक २५ वर्ष पूरा गरेर २६औं वर्षमा प्रवेश गर्न लागेको हो ।वार्षिकोत्सवको अवसरमा सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो २५ वर्षे यात्राका बारेमा जानकारी […]

आगामी दिनमा उडान नै रोक्ने निर्णयमा संलग्न हुन्नौँ : बुद्ध एयर

काठमाडौँ । बुद्ध एयरले आफ्नो छाता सङ्गठन ‘वायुसेवा सञ्चालक सङ्घ’ ले आज (बुधबार)का लागि घोषणा गरेको हवाई सेवा अनिश्चितकालका लागि बन्द गर्ने निर्णयप्रति क्षमा माग्दै आगामी दिनमा उडान नै रोक्ने निर्णयमा सहभागी नहुने बताएको छ । बुधबार सामाजिक सञ्जालमार्फत अत्यावश्यक सेवाअन्तर्गतको उडान बन्द गर्ने निर्णय यथोचित नभएको जनाउँदै बुद्ध एयरले लेखेको छ, ‘वायुसेवा कम्पनी, यात्रुहरूको […]

बुद्ध एयरले धनगढी-पोखरा उडान सुरु गर्‍यो

काठमाडौं । कैलालीको धनगढीदेखि पोखरा उडान सुरु भएको छ । बुद्ध एयरले पर्यटकीय नगरी पोखरासँग धनगढीको हवाई सम्बन्ध सुचारु गरेको हो । बुद्ध एयर धनगढीका प्रमुख बुधराम चौधरीले बुधबारदेखि धनगढी-पोखरा आइतबार, बुधबार र शुक्रबार गरी हप्तामा तीन उडान भर्ने जानकारी दिनुभएको छ । सुदूरपश्चिम प्रदेशमा पर्यटन क्षेत्रमा काम गरिरहेका पर्यटकीय व्यवसायीहरुले धनगढी-पोखरा हवाई उडान सुरु […]

प्रतिकूल मौसमका कारण सबै आन्तरिक उडान रद्द

१४ पुस, काठमाडौं । प्रतिकूल मौसमका कारण काठमाडौंबाट हुने आन्तरिक तर्फका सबै उडान रद्द भएका छन् । बुधबार साँझ ४ बजेबाट उडानहरु रद्द भएकाे सम्बन्धित वायुसेवाहरुले जनाएका छन् । बुद्ध एयर र यति एयरलाइन्सले सूचना जारी गर्दै आजका लागि निर्धारित रात्रिकालीन उडान रद्द भएको जनाएका हुन् । खराब मौसम र विमान स्थलहरुमा कम भिजिबिलिटीका कारण […]

काठमाडौँ–विराटनगर हवाई उडान अवरुद्ध

लगातारको वर्षापछि आएको बाढीका कारण  विराटनगर विमानस्थल डुबानमा परेको छ । विमानस्थल जलमग्न भएपछि सम्पूर्ण उडान प्रभावित भएको छ । काठमाडौँ–विराटनगर हवाई उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।विमानस्थल अवरुद्ध भएपछि बुद्ध एयर र यती एअरलाइन्सले काठमाडौँ–विराटनगरका सबै उडान रद्द गरेका छन् । उडान रद्द हुँदा सयौँ यात्रु समस्यामा परेका छन् । आन्तरिक उडानका दुवै ठूला एयरलाइन्सले सूचना निकालेर काठमाडौँदेखि विराटनगर गन्तव्यका सबै उडान रद्द गरिएको जानकारी गराएका

बुद्ध र यतिद्वारा पर्वतीय उडान पुनः सुरू

कोरोना संक्रमणपछि रोकिएको पर्वतीय उडान पुनःसुचारु हुने भएको छ ।बुद्ध एयर र यति एयरलाइन्सको पर्वतीय उडान यसै साताबाट सुरु गर्ने जनाएका छन् । बुद्ध एयरले आगामी शनिबारदेखि र यतिले आइतबारबाट पर्वतीय उडान सुरु गर्न जनाएका छन् । बुद्धले ९ हजार ९९९ रुपैयाँको शुल्कमा र यति एरलाइन्सले सोही सुविधा ८८४८ मा तिरेर भारतीय, नेपाली नागरिक दुई […]

पोखरा–सिमरा सीधा उडान गर्दै बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले पोखरालाई आधार बनाएर भदौ १६ गतेदेखि पोखरा–सिमरा सीधा उडान गर्ने भएको छ । काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाहेक पोखरालाई बेस बनाएर उडान गर्ने उद्देश्यले उक्त कम्पनीले वीरगञ्जको सिमरामा साताको ३ दिन सीधा उडान गर्ने भएको हो । कम्पनीले शुक्रवार प्रेस विज्ञप्ति जारी गरी सेप्टेम्बर १ देखि पोखरा–सिमरा सीधा उडानको तालिका सार्वजनिक गरेको छ । शुरुआतमा साताको ३ दिन (आइतवार, बुधवार र शुक्रवार) उडान गर्ने कम्पनीले जानकारी दिएको छ । केही समयपछि यात्रुको माग अनुसार दैनिक उडान समेत गर्न सकिने कम्पनीले उल्लेख गरेको छ । कम्पनीका अनुसार पोखराबाट–सिमरा उडान अपराह्न १२ः२० र सिमरा–पोखरा उडान १ः१५ बजे हुनेछ । पछिल्लो समय कम्पनीले पोखरालाई बेस बनाउँदै विभिन्न प्रदेशसँग सीधा उडान शुरू गरेको छ । कम्पनीका बजार निर्देशक रूपेश जोशीले पोखरा–सिमरा सीधा उडानले सिमरा÷वीरगञ्ज वरिपरि रहेका विभिन्न धार्मिक तथा पर्यटकीय गन्तव्यहरूमा चहलपहल बढ्ने बताए । सिमरा÷वीरगञ्ज देशकै ठूलो औद्योगिक कोरिडोर भएकाले व्यापारिक गतिविधिमा पनि सहयोग पुग्ने उनको भनाइ छ । यसैगरी कम्पनीको भगिनी संस्था बुद्ध होलिडेजले यी दुवै गन्तव्यका लागि आकर्षक होलिडी प्याकेज ल्याएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त प्याकेज सिमरा–पोखरा प्याकेजका लागि १० हजार ९९९ रुपैयाँको हुनेछ । यसमा २ रात ३ दिनको प्याकेज र त्यसअनुसार दुईतर्फी हवाई टिकट, पोखरा विमानस्थलबाट होटल तथा होटलबाट पोखरा विमानस्थलसम्म गाडी सुविधा, वातानुकूलित ट्वीन शेयरिङ रूम र बिहानको ब्रेकफास्ट संलग्न रहेको बताइएको छ ।

भरतपुर–भैरहवा उडान भर्दै बुद्ध एयर

बुद्ध एयरले यही साउन ३१ देखि भरतपुर–भैरहवा उडान शुरुवात गर्ने भएको छ । कम्पनीका भरतपुर शाखा प्रबन्धक भक्तबहादुर बस्नेतले हप्तामा आइतबार, बुधबार र शुक्रबार दिउँसो १२ः५५ बजे तीन  उडान गर्न लागेको जानकारी दिए ।  उनले भने, “पर्यटकीय नगरीसँग हवाई उडान जोड्नका लागि उडान शुरु गर्न लागिएको हो ।” नारायणगढ–बुटवल सडक विस्तारका कारण यात्रुले सास्ती व्यहोर्दे आएका छन् ।  भैरहवा उडानका लागि एकतर्फी भाडा रु दुई हजार ८३५ देखि रु चार हजार ३३५ सम्म तय गरिएको छ । बुद्ध ए

भरतपुर – भैरहवा उडान थप गर्दै बुद्ध एयर

वैशाख ७, चितवन । यसअघि भरतपुर– काठमाडौं गर्दै आएको बुद्ध एयरले  थप भरतपुर - भैरहवा उडान गर्ने भएको छ । यात्रुहरुको माग र आवश्यकतालाई ध्यानमा राखी उडान सञ्जाल विस्तार गर्दै जाने हेतुले भरतपुर - भैरहवा उडान थप गरिन लागिएको कम्पनीले बताएको छ ।  वैशाख १८ गतेबाट भरतपुर भैरहवामा सेवा सञ्चालन गर्न लागिएको बुद्ध एयरका भरतपुरका प्रबन्धक भक्त बहादुर बस्नेतले जानकारी दिए । ‘पहिलेदेखि कम्पनीको उडान सञ्जाल विस्तार गर्ने कम्पनीको योजना पनि थियो ’, उनले भने, भैरहवाबाट भरतपुर र भरतपुरबाट भैरहवा जाने यात्रुहरुको माग पनि उत्तिकै छ ।’  भरतपुर भैरहवा उडान शुरु गर्ने वित्तिकै लुम्बिनीको पर्यटकीय गन्तव्य र चितवनको पर्यटनमा पनि टेवा पुग्ने उनको भनाइ छ ।  नारायणगढदेखि  बुटवल जाने सडक हाल स्तरोन्नति र निर्माण कार्य भएकोले यो उडानले यात्रुलाई केही सहज हुने उनले बताए । उनका अनुसार शुरुवाती क्षणमा कम्पनीको १८ सिटे जहाजबाट एउटा उडानबाट मात्र सेवा दिइनेछ ।  भरतपुर– भैरहवाको उडान भाडादर ३ हजार १०० रुपैयाँदेखि ३ हजार ५०० रुपैयाँसम्म हुन सक्ने उनले बताए ।  भरतपुर विमानस्थलका प्रमुख योगेन्द्र कुवँरले बुद्ध एयरको  भरतपुरबाट देशका अन्य शहर तथा जिल्लामा उडान सञ्जाल बढ्नु यात्रु तथा कम्पनी सबैलाई लाभ हुने बताए । ‘उडान विस्तारले यात्रुलाई सहज पनि हुन्छ’, उनले भने, ‘देशका प्रमुख शहर तथा जिल्लालाई जोड्न समेत सहयोग पुग्नेछ ।’ हाल कम्पनीले  दैनिक भरतपुर–काठमाडौं सात ओटासम्म र भरतपुर–पोखरा एउटा उडान गर्दै आएको छ ।