हिमालयन एयरलायन्सको काठमाडौं-ल्हासा सिधा उडान सुरु

नेपाली र चिनीयाँको संयुक्त लगानीमा स्थापना भएको हिमालयन एयरलायन्सले काठमाडौंदेखि चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासामा सिधा उडान सुरु गरेको छ । कोभड १९ पछि ल्हासा व्यावसायिक उडान गर्ने हिमालयन एयरलायन्स पहिलो अन्तर्राष्ट्रिय एयरलायन्स हो । बिहिबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले उडानको उदघाटन गर्नुभएको हो । उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किराँतीले नेपाल-चीन …