वीरगञ्ज – देशको मुख्य आर्थिक नाका वीरगञ्ज भन्सार नाकाबाटै तस्करी गरेर सामान ल्याउने कार्य रोकिएको छैन। वीरगञ्ज भन्सार नाकाबाट विभिन्न उपाय अपनाएर व्यापारीहरुले राजश्व छलेर मालसामानको तस्करी गर्ने गरेको पाइएको छ। पर्सा प्रहरीले दुई करोडभन्दा बढीको राजश्व छलेर भित्र्याइएको औषधि, लत्ताकपडालगायतका खुद्रा सामाग्रीहरू लोड रहेका तीन वटा ट्रक नियन्त्रणमा लिएको छ। प्रहरीले ती ट्रकहरुमा बिल […]