भूकम्पपछि ठड्याइएका घर पहिरोले लडायो

गौरीशंकर गाउँपालिका–१ झगरेधाराका डम्बरबहादुर खत्रीले घर बनाएको ३ महिना मात्र भयो । ४ वर्षअघि भूकम्पले ढालेको घर ३ लाख सरकारी अनुदान र १२ लाख ऋण काडेर उनले एक तलाको उठाए । उनले घर बनाए पनि पैसा अभावमा सबै पूरा गर्न सकेका थिएनन् । लाखौं खर्च गरेर बनाएको घरमा उनी सर्नसमेत भ्याएका थिएनन् ।

सम्बन्धित सामग्री

प्राधिकरणको लापरबाहीले भूकम्पपीडितलाई सास्ती

२०७२ को भूकम्पपछि गाउँमाथिबाट खसेको पहिरोले मोलुङ गाउँपालिका–३ केराबारीका तिलकबहादुर र रामकुमारी सुनुवार दम्पती विस्थापित भए । बस्नै नमिल्ने भएपछि राज्यले उनीहरूसहित विस्थापित १७ घरधुरीलाई पारिपट्टि प्राप्चा गाउँमा एकीकृत बस्ती बनाएर बसाल्ने निधो गर्‍यो । एकीकृत बस्तीमा जग्गा प्राप्तिका लागि प्रति परिवार दुई लाख र घर बनाउन तीन लाख गरी पाँच लाखका दरले अनुदान रकम पाइने सुने ।

जलविद्युत् आयोजनाले उठिबास

रामेछाप : उमाकुण्ड गाउँपालिका–२ का खम्बध्वज बस्नेतलाई दिनमा भोक र रातमा निद्रा हराएको छ। शुक्रबारको गोरखापत्र दैनिकमा समाचार छ, जलविद्युत् आयोजनाहरूले आयोजना निर्माणका लागि सामग्री ल्याउन मनलागी रूपमा सडक ठूलो बनाउँदा बस्नेतको घर पहिरोले तानेको छ। दुःख गरेर बनाएको घर नै पहिरोले तानेपछि बस्नेतलगायत उहाँका परिवारकै भोक र निद्रा हराएको छ। जलविद्युत् आयोजनाले विभिन्न आश्वासन दिएर जथाभावी खनेको सडकका कारण बस्नेतको भूकम्पपछि बनाएको टहरा पहिरोले तानिसकेको छ भने अहिले बसिर

भूकम्पपछि तंग्रिएको खोलिखिम पहिरोले तहसनहस

नयाँ बनाएका घरमा बस्न नपाई भूकम्पले भत्काएपछि बल्लतल्ल तंग्रिएका खोलिखिमका रोबहादुर श्रेष्ठ पहिराले घर पुरिएपछि सिथिल बनेका छन् । श्रीमतीसँग दिनभरि सिंगटी खोलावारि आउँछन् पहिरो हेरेर एकोहारिन्छन् । गएको २३ गते माथिल्लो क्षेत्रबाट आएको पहिरोले उनको घर क्षतविक्षत भएको छ ।

पहिरोपीडितलाई बस्ने घर न सर्ने भर

त्रिपुरासुन्दरी गाउँपालिका–५ आगिन्चोकको धिमिरेमा गत जेठ २६ को राति पहिरो जाँदा ५५ वर्षीय नेत्रप्रसाद खाँणको मृत्यु भयो । सुतिरहेका बेला पहिरोले घर पुर्दा बेपत्ता भएका खाँण मृत भेटिएका थिए । भूकम्पपछि सरकारी अनुदानमा बनाएको पक्की घरमा नेत्रप्रसाद सुतेका थिए । त्यसको नजिकै सडकको तलपट्टि ढुंगामाटो र जस्तापाताले बारेको घरमा कनमाया सुतेकी थिइन् ।

भूकम्पपछि बनाएको पक्की घर पहिरोले बगायो, फेरि टहरामै बास

२८ साउन, काठमाडौं । भूकम्पले घर भत्केपछि तीन वर्ष अस्थायी टहरोमा बसेर हालै नयाँ घरमा सरेका चौतारा साँगाचोकगढी नगरपालिका-१ रिमलाल विश्वकर्माको त्यो घर पनि पहिरोले पुरियो । बालबच्चा र आफ्नो ज्यानसमेत बल्लबल्ल बचाए । घरमा भएको केही सामग्री पनि निकाल्न पाएनन् । उनको परिवार फेरि अस्थायी टहरोमा नै बस्न बाध्य भएका छन् …

भूकम्पपछि फेरिएको लाङटाङ (फोटोफिचर)

बि.सं २०७२ मा आएको भूकम्पले रसुवा जिल्लाको लाङटाङका करीब ६० वटा घरहरु भत्काएको थियो। बिकट र पर्यटकीय क्षेत्र लाङटाङमा हिउँ पहिरोले पुरै गाउँ तहसनहस बनाउँदा सयौं मानिसको ज्यान गएको थियो। भूकम्पले क्षति पुर्‍याएको लाङटाङमा राहत र उद्दारको लागि स्थानीयले सरकारको धेरै समय प्रतिक्षा गर्नुपरेको थियो। आफन्त, परिवार र घर गुमाएपनि स्थानीयले भने हार मानेनन्। फेरी…

भूकम्पले ध्वस्त केरौँजावासीलाई छाडेन विपद्ले, पहिरोले बने झनै पीडित

गोरखा: भूकम्पपछि स्थानान्तरण हुनुपर्ने वस्तीको पहिलो नम्बर सूचीमा रहेको गोरखाको केरौँजा गाउँ पहिरोको जोखिममा परेको छ। भूकम्पले ध्वस्त दुर्गम गाउँ केरौँजाका ६० घर उच्च जोखिममा परेको स्थानीय एलिजा गुरुङले बताइन्। ‘बर्खाको बेला पानी आएको छ। गाउँको माथिबाट पनि पहिरो झर्न थालेको छ। तलबाट पनि उत्तिकै पहिरो आएको छ&rsq...

भूकम्पपछि पहिरो खसेको खस्यै, ९६ घर जोखिममा

उत्तरी धादिङको विकट बस्ती सेर्तुङ्ग–९ (हाल :रुवीभ्याली–४) हिन्दुङको पुरै बस्ती जोखिममा परेको छ । आईतबार रातिदेखिको अविरल वषातले भूकम्पका दिन गएको पहिरो झनै थपिएकोछ । पहिरोले रीगा लामाको घर बगाउनुका साथै अन्य ३० घर रहेको ढिस्को नै चर्काइदिएकोछ । पहिरोले ६० भन्दा बढी घरलाई जोखिममा पारेकोछ ।