२०७२ को भूकम्पपछि गाउँमाथिबाट खसेको पहिरोले मोलुङ गाउँपालिका–३ केराबारीका तिलकबहादुर र रामकुमारी सुनुवार दम्पती विस्थापित भए । बस्नै नमिल्ने भएपछि राज्यले उनीहरूसहित विस्थापित १७ घरधुरीलाई पारिपट्टि प्राप्चा गाउँमा एकीकृत बस्ती बनाएर बसाल्ने निधो गर्यो । एकीकृत बस्तीमा जग्गा प्राप्तिका लागि प्रति परिवार दुई लाख र घर बनाउन तीन लाख गरी पाँच लाखका दरले अनुदान रकम पाइने सुने ।