धनकुटा – तमोर कोरिडोरअन्तर्गत धनकुटाको मूलघाटदेखि पाँचथर सडक खण्डमा कालोपत्रको काम सुरु भएको छ । साँगुरीगढी गाउँपालिका–१ मूलघाटदेखि पाँचथरको गणेश चोकसम्मको सडक कालोपत्र गर्ने काम सुरु भएको हो ।
तमोर कोरिडोरअन्तर्गत धनकुटाको मूलघाटदेखि पाँचथरसम्मको सडक एक सय १० किलोमिटर रहेको छ । जसमध्ये धनकुटाको मूलघाटदेखि पाँचथरको हाङठुवासम्म ६६ किलोमिटर क्षेत्रलाई पहिलो र हाङठुवादेखि पाँचथरको गणेश चोकसम्म ४४ किलोमिटरलाई दोस्रो खण्ड मानेर काम थालिएको छ । रौतहा क्षमादेवी (जेभी) निर्माण कम्पनी काठमाण्डौले पहिल...