नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको १४ औं महाधिवेशनले युवाहरुलाई नेतृत्वका लागि अवसर दिने नीति अवलम्बन गरेको बताएका छन् । निधिले भने,‘कांग्रेसमा धेरै युवा प्रतिनिधि चुनिएका छन् । युवालाई सहभागीमात्रै गराएर हुँदैन । नेतृत्वको अवसर दिनुपर्छ । युवाका लागि सहजताको प्रतिबद्धता कांग्रेसमा अवलम्बन गर्नु पर्छ ।’