काठमाडौं : सर्वाेच्च अदालतले फिफा विश्वकप हेर्नका लागि दर्शकसँग अतिरिक्त शुल्क नलिन आज अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले मंगलबार सोसम्बन्धी रिटको सुनुवाई गर्दै थप ५ सय रूपैयाँ अतिरिक्त शुल्क उठाउने मिडिया हब प्रालिको निर्णय कार्यान्वयन नगर्न/नगराउन अल्पकालीन अन्तरिम आदेश दिएको हो।मंसीर ४ गते शुरु हुने फिफा विश्वकप फुटबल प्रतियोगिता नेपालमा प्रशारण गर्ने अधिकार पाएको मिडिया हब प्रालिले दर्शकसँग थप ५ सय उठाउने निर्णय गरेपछ