काठमाडौं । सरकारले मध्यमवर्गीय नेपालीहरूले सबैभन्दा बढी चढ्ने १२५ देखि २५० सिसीसम्मका मोटरसाइकलमा कर बढाइदिएको छ । अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) ले प्रतिस्थापन विधेयकमार्फत मोटरसाइकलमा अन्तःशुल्क र सडक दस्तुर बढाउँदा सर्वसाधारणले सबैभन्दा बढी रुचाएका १५० देखि १६० सिसीका मोटरसाइकलको भाउ १५ देखि २० हजार रुपैयाँले बढ्नेछ । नेपालमा १५०–१५५ सिसीका मोटरसाइकल सबैभन्दा बढी बिक्री हुन्छन् । भन्सार विभागको […]