काठमाडौं : नेकपा एमालेले समानुपातिकसँगै प्रत्यक्षतर्फ चुनाव लड्नेहरूको नाम पनि धमाधम टुंग्याउने क्रमलाई तीव्रता दिएको छ।एमालेका पूर्व उपाध्यक्ष भीम रावलले अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा उम्मेदवारको टिकट नपाउने पक्का भएको छ भने माओवादीबाट एमाले प्रवेश गरेका झपट बोहोराले टिकट पाएका छन्।२०५१ सालदेखि २०७४ सम्म चार निर्वाचन लडेका रावल यसपटक भने सो क्षेत्रबाट उम्मेदवार बन्नबाट वञ्चित भएका छन्। उनले २०५६ सालमा मात्र निर्वाचन हारेका थिए। २०६४ सालमा भने उनी समानुपातिकतर्फको सांसद बनेका थिए।एम