पर्यटन क्षेत्रले पायो ५१ प्रतिशत पुनरकर्जा

सरकारी राहत सबैभन्दा बढी पुनरकर्जा पाउनेमा पर्यटन क्षेत्र बनेको छ । नेपाल राष्ट्र बैंककाअनुसार मंसिर मसान्तसम्म कुल स्वीकृत ११ अर्ब ८४ करोड ४ लाखमध्ये सबैभन्दा बढी ५१.९७ प्रतिशत पुनरकर्जा पर्यटन क्षेत्रले मात्र पाएको हो । बैंकका अनुसार कोभिड–१९ अतिप्रभावित पर्यटन, होटल तथा ट्रेकिङ्ग व्यवसायको क्षेत्रले मंसिर मसान्तसम्म कुल छ अर्ब १५ करोड ३३ लाख रुपैयाँ पुनरकर्जा पाएको छ । यस्तै, जलविद्युतको क्षेत्रले दुई अर्ब ३५ करोड ७१ लाख (१९.९१ प्रतिशत), उत्पादनमुलक क्षेत्रले एक अर्ब ९७ करोड ५

सम्बन्धित सामग्री

भैरहवास्थित सिद्धार्थ भिलासा होटलले पायो ‘पाँचतारे’ मान्यता

१६ चैत, काठमाडौं । सिद्धार्थ हस्पिटालिटी ग्रुपले सञ्चालनमा ल्याएको भैरहवास्थित होटल सिद्धार्थ भिलासाले पाँचतारे होटलको मान्यता पाएको छ । पर्यटन विभागले हालै उक्त होटलको स्थलगत अनुगमन तथा निरीक्षण गरी पाँचतारे मान्यता दिएको कम्पनीले जनाएको छ । लुम्बिनी प्रदेशमा सञ्चालित उक्त होटललाई पर्यटन ऐनअनुसार पाँचतारे स्तरको होटलमा वर्गीकरण गरी इजाजतपत्र दिइएको कम्पनीले जनाएको छ । करिब […]

इजरायलमा १० नेपाली मारिएको ५५ दिनपछि थाहा पायो संसदीय समितिले

काठमाडौँ – संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले इजरायलमा १० जना नेपाली पारिएको घटना ५५ दिनपछि थाहा पाएको छ। गत असोज २१ गते शनिबार (अक्टोबर ७) मा प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको थियो। परराष्ट्र मन्त्रालय र सञ्चार माध्यमहरुले भोलिपल्टै घटनामा नेपाली मारिएको पुष्टि गरे पनि संसदको अन्तर्राष्ट्रिय समितिले भने […]

होटल इच्छाले पायो पाँचतारे होटलको मान्यता

१५ चैत, काठमाडौं । मधेश प्रदेशको बारामा सञ्चालित होटल इच्छाले पाँचतारे होटलको मान्यता पाएको छ । होटल इच्छालाई पर्यटन विभागले १३ चैतमा पाँचतारे होटलको मान्यता दिएको हो । यससँगै नेपालमा पाँचतारे होटलको संख्या १८ पुगेको छ । काठमाडौं उपत्यकामा १२ र उपत्यका बाहिर ६ वटा पाँचतारे होटल छन् । सिमरामा अवस्थित होटल इच्छा मधेश प्रदेशको […]

कर्णालीमा गैरसांसदलाई ६ महिना मन्त्री बनाएर माओवादीले के पायो ?

सुर्खेत । कर्णालीका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रहेका छिरिङ्ग डम्डोल (कार्चेन) लामाको ६ महिने कार्यकाल सोमबार सकिएसँगै उनी सरकारबाट बाहिरिएका छन् । गैर सांसदलाई संविधानले बढीमा ६ महिनासम्म मात्र मन्त्री बन्न छुट दिएको छ । सोही सुविधा अनुसार उनी ०७८ माघ २३ देखि ०७९ साउन २३ सम्म मन्त्री बनेका हुन् ।उनी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको बलमा मन्त्री बनेका हुन् । प्रचण्ड स्वयंले सुर्खेत आएको समयमा हुम्लामा माओवादीको प्रभाव बढाउन लामालाई मन्त्री बनाइएको स्वीकार गरेका थिए ।लामाले रातोपाटी

पर्यटकीय बसपार्कको स्वामित्व पोखरा उपत्यका नगर विकास समितिले पायो

पोखरा : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटकीय बसपार्कको स्वामित्व पोखरा उपत्यका नगर विकास समितिलाई हस्तान्तरण गरेको छ। बसपार्क बनेको एक वर्षपछि पर्यटन विभागले आज एक कार्यक्रमका बिच उपत्यका नगर विकास समितिलाई बसपार्क हस्तान्तरण गरेको हो। बसपार्कको स्वामित्व हस्तान्तरण गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पोखरावासीलाई बधाई…

डोटीमा यसरी भाँडियो सत्ता गठबन्धनको सहमति

१२ वैशाख, डोटी । आइतबार बिहानैदेखि डोटीका सत्ता गठबन्धन दलहरूबीच चुनावी तालमेल गरेर जाने विषयले चर्चा पायो । जिल्ला र प्रदेशले गठबन्धन दलहरूबीच चुनावी तालमेल नहुने निष्कर्ष निकालेको भए पनि शनिबार केन्द्रले नै निर्देशन गरेपछि फेरि प्रयास भयो । नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता प्रेमबहादुर आलेमगर सुदूरपश्चिम प्रदेश […]

शिवम् एयरलाइन्सले पायो उडान अनुमति

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी शिवम् एयरलाइन्सलाई उडान अनुमति दिएको छ । एक वर्षदेखि उडान इजाजतका लागि प्रक्रिया सुरु गरेको उक्त एयरलाइन्सले मन्त्रालयबाट आधिकारिक इजाजत पत्र पाएको मन्त्रालयका सहसचिव बुद्धि सागर लामिछानेले जानकारी दिए । उनले भने, ‘शिवम् एयरलाइन्सले विकट गन्तव्य उडानका लागि मन्त्रालयबाट अनुमति पाएको […]

वायुसेवा निगमले इतिहासमै पहिलोपटक पायो खतराजन्य पदार्थ ओसारपसार गर्न अनुमति

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले इतिहासमै पहिलोपटक खतराजन्य पदार्थ ओसारपसार गर्न अनुमति पाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेको निर्देशन तथा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको सक्रिय सहभागितामा निगमले खतराजन्य पदार्थ ओसारपसार गर्न अनुमति पाएको हो ।  खतराजन्य पदार्थ ओसारपसारको अनुमतिको लागि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनमा उल्लेख भएका खतराजन्य पदार्थसम्बन्धी प्रावधानहरु पूरा गरेपश्चात् नेपाल वायुसेवा निगमका ए–३२०/ए–३३० जहाजहरुलाई खतराजन्य पदार्थ ओसारपसारको...

वसन्त ऋतुमा हिमाल आरोहणका लागि क्यानडाको टिमले पायो पहिलो अनुमति

काठमाण्डाै – वसन्त ऋतुको आरोहणका लागि अनुमति दिने क्रम सुरु भएको छ । पर्यटन विभागले आउँदो वसन्त ऋतुको आरोहणका लागि मङ्गलवार पहिलो अनुमति दिएको जनाएको छ । विभागका अनुसार नुप्से हिमाल आरोहणका लागि क्यानडाको एक समूहले अनुमति लिएको छ । अनुमति लिनेमा चार जना पुरुष रहेका विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो । अनुमतिबापत विभागले २४ सय अमेरिकी डलर अर्थात् दुई लाख ७९ हजार रुपैयाँ रोयल्टी सङ्कलन गरेको छ । यसैबीच पर्यटन व्यवसायीहरूले आउँदो वसन्त ऋतुको आरोहणमा उत्साहपूर्ण सहभागिता हुने ...

पाँच दशकपछि पञ्चाङ्ग निर्णायक समितिले पायो कानुनी मान्यता

१२ माघ, काठमाडौं । स्थापनाको पाँच दशकपछि राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले कानुनी मान्यता पाएको छ । यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको एउटा शाखाको रुपमा काम गर्दै आएको समितिसम्बन्धी मन्त्रिपरिषदले गठन आदेश जारी गरेसँगै यसले कानुनी मान्यता प्राप्त गरेको हो । मन्त्रालयका अनुसार पौष तेस्रो साता बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिलाई विकास […]