वसन्त ऋतुमा हिमाल आरोहणका लागि क्यानडाको टिमले पायो पहिलो अनुमति

काठमाण्डाै – वसन्त ऋतुको आरोहणका लागि अनुमति दिने क्रम सुरु भएको छ । पर्यटन विभागले आउँदो वसन्त ऋतुको आरोहणका लागि मङ्गलवार पहिलो अनुमति दिएको जनाएको छ । विभागका अनुसार नुप्से हिमाल आरोहणका लागि क्यानडाको एक समूहले अनुमति लिएको छ । अनुमति लिनेमा चार जना पुरुष रहेका विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो । अनुमतिबापत विभागले २४ सय अमेरिकी डलर अर्थात् दुई लाख ७९ हजार रुपैयाँ रोयल्टी सङ्कलन गरेको छ । यसैबीच पर्यटन व्यवसायीहरूले आउँदो वसन्त ऋतुको आरोहणमा उत्साहपूर्ण सहभागिता हुने ...