वायुसेवा निगमले इतिहासमै पहिलोपटक पायो खतराजन्य पदार्थ ओसारपसार गर्न अनुमति

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले इतिहासमै पहिलोपटक खतराजन्य पदार्थ ओसारपसार गर्न अनुमति पाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेको निर्देशन तथा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको सक्रिय सहभागितामा निगमले खतराजन्य पदार्थ ओसारपसार गर्न अनुमति पाएको हो ।  खतराजन्य पदार्थ ओसारपसारको अनुमतिको लागि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनमा उल्लेख भएका खतराजन्य पदार्थसम्बन्धी प्रावधानहरु पूरा गरेपश्चात् नेपाल वायुसेवा निगमका ए–३२०/ए–३३० जहाजहरुलाई खतराजन्य पदार्थ ओसारपसारको...