सुलभ फार्मेसी सञ्चालन गर्ने  महानगरको योजना अन्योलमा

काठमाडौं महानगरको सुलभ फार्मेसी सञ्चालनसम्बन्धी योजना अन्योलमा परेको छ । यही पुस पहिलो सातादेखि सुलभ फार्मेसी सञ्चालन योजना अघि सारेको महानगरले फार्मेसी सञ्चालनका लागि थप गृहकार्य नगर्दा योजना अन्योलमा परेको हो ।  महानगरपालिकालले...

सम्बन्धित सामग्री

अटिजम भएका बालबालिकामैत्री विद्यालय सञ्चालन गर्ने तयारीमा काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले अटिजम भएका बालबालिकामैत्री विद्यालय सञ्चालन गर्ने तयारी थालेको छ । त्यसैअन्तर्गत् बालबालिकामैत्री सुविधा, सहजता र वातावरण भएको विद्यालय सञ्चालन गर्नका लागि आवश्यक अध्ययन गरेर प्रतिवेदन तयार गर्न महानगरले तीन सदस्यीय समिति गठन गरेको छ । काठमाडौं महानगरको सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाको संयोजकत्वमा समिति बनेको हो ।

स्वर्णिम योजनाको लागि अवधारणा पत्र पेस गर्न आग्रह

काठमाडौं : काठमाडौं महानगरपालिकाले स्वर्णिम योजनाको लागि अवधारणा पत्र पेस गर्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय संघसंस्थाहरुलाई आग्रह गरेको छ। महानगरपालिकाले एक सूचना जारी गर्दै एक हप्ताभित्र आवश्यक कागजातसहित अवधारणा पत्र पेश गर्नू भनेको हो।काठमाडौं महानगरपालिकाको आव ०८०/८१ को नीति तथा कार्यक्रममा महानगरको स्वर्णिम योजनाअन्तर्गत ‘सबैको योजना सबैका विकास’ कार्यक्रम सञ्चालन गर्ने नीति रहेको छ। ‘राष्ट्रिय तथा अन्तरराष्ट्रिय सङ्घ-संस्था, विभिन्न निकाय, समुदाय, क्लब, टोल विका

काठमाडौं महानगरले भाषा संस्कृतिको विज्ञको रोस्टर बनाउँदै

१५ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले भाषा, कला, संस्कृति अध्ययन गर्नको लागि विज्ञहरुको रोस्टर बनाउने भएको छ । महानगरको सहरी योजना आयोगले आज एक सूचना निकाल्दै आयोगबाट सञ्चालन हुने अन्वेषण तथा अनुसन्धानको लागि विज्ञहरुलाई सूचीकृत हुन आह्वान गरेको हो । महानगरपालिकाले १५ दिनभित्र नेपाली नागरिकताको प्रमाण पत्र, शैक्षिक योग्यताको प्रमाण पत्र, अनुभवको प्रमाण सहित आउन […]

महानगरको स्वर्णिम स्वास्थ्य योजना- ९८ प्रकारका औषधी निःशुल्क वितरण गर्ने तयारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरवासीलाई ओपीडी सेवासहित ९८ प्रकारका औषधी निःशुल्क वितरण गर्ने भएको छ । कामपाको स्वर्णिम योजनाअन्तर्गत सबै वडामा शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना गरी औषधी उपलब्ध गर्न लागेको हो । प्रवद्र्धन केन्द्रहरू वडा कार्यालयले सञ्चालन गर्नेछ । कामपाले पहिलो चरणमा ८ वटा वडाबाट शुरु गर्ने तयारी गरेको छ । ती केन्द्रको पूर्वाधार […]

काठमाण्डौ महनगरलाई खुला सङ्ग्रहालयका रूपमा विकास गरिने

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा महानगरलाई खुला सङ्ग्रहालयका रूपमा विकास गरिने जनाएको छ । महानगरले खुला सङ्ग्रहालयका रूपमा विकास गर्न तथा यसको पहिचानलाई जोगाइ राख्न महानगर गौरवको योजना संस्कृति, सम्पदा र पर्यटन : महानगरको धनअन्तर्गत मूर्त तथा अमूर्त सम्पदाको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनका विभिन्न कार्यक्रम सञ्चालन गरिने भएको छ ।   नेपाल भाषा, लिपि, साहित्य, कला, सीपको जगेर्ना गर्ने, स्थान तोकेर विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यका लागि स्थानीय समुदाय तथा कला...

महानगरका मेयरहरुले जारी गरे ७ बुँदे घोषणापत्र, छुट्टै सञ्चालन ऐन बनाउन माग

पोखरा – पोखरामा भएको पहिलो महानगर मेयर सम्मेलनले महानगर चलाउने छुट्टै सञ्चालन ऐन बनाइदिन माग गरेको छ। मेयरहरूको सम्मेलनपछि संयुक्त घोषणापत्र जारी गर्दै ६ वटै महानगरका मेयरहरुले महानगरपालिकाका लागि छुट्टै ऐनको आवश्यकता औंल्याउँदै संसदबाट ऐन जारी गर्न माग गरेका हुन्। ‘महानगरको सुशासन, नीति तथा योजना व्यवस्थापन, विकास निर्माण र सेवा प्रवाहलाई थप सुदृढ बनाउन स्थानीय […]

वीरगञ्जमा अस्पतालबाट निस्किने फोहोर व्यवस्थापन केन्द्र सञ्चालन

पर्सा : अस्पतालबाट निस्किएका फोहोर व्यवस्थापन गर्न वीरगञ्ज महानगरपालिका-१६ नगवा गाउँमा निर्माण गरिएको ‘ग्रीन हस्पिटल मेनेजमेन्ट सेन्टर’ सञ्चालनमा आएको छ।६ करोड २२ लाख ७७ हजार ९८१ रुपैयाँमा निर्माण भएको सेन्टरको सोमबार महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले उद्घाटन गरेका छन्। गत असार १५ गते नै निर्माण सम्पन्न भए पनि सेन्टरको हस्तान्तरण लगायतको प्रकृयाले उद्घाटन र सञ्चालनमा विलम्ब भएको महानगरको योजना शाखाका इन्जिनियर प्रकाश अधिकारीले बताए।वीरगञ्जका दुई दर्जनभन्दा बढी अस्पताल र दर्जनौ

वीरगञ्ज महानगरको कर नीति : कोरोना प्रभावित उद्यमलाई छूटदेखि दायरा विस्तारसम्म

वीरगञ्ज । असार वीरगञ्ज महानगरले कोरोना महामारीका कारण प्रभावित उद्योग व्यवसायलाई कर तथा शुल्कमा राहत दिने नीति लिएको छ । महानगरले आगामी आर्थिक वर्ष (आव) २०७८/७९ को बजेट तथा नीति कार्यक्रममा कोरोना प्रभावित उद्यमलाई ५० प्रतिशतसम्म कर छूट दिने घोषणा गरेको हो । कोरोना प्रभावित उद्यम व्यवसायले चालू आवमा तिर्नुपर्ने सम्पत्ति करमा ५० प्रतिशतसम्म छूटको व्यवस्था मिलाइएको महानगर प्रमुख विजयकुमार सरावगीले बताए । होटल, पर्यटन व्यवसाय, विद्यालय, अस्पताल, सपिङ मल, उद्योग र कलकारखानालाई यस्तो राहत दिइने उनले जानकारी दिए । कोरोना प्रभावित व्यवसायलाई करमा राहत दिने महानगरको नीति सकारात्मक भएको होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले बताए । ‘हामीले केही दिनअघि महानगर प्रमुखलाई भेटेर कर छूटको माग गरेका थियौं । कोरोनाको मारले थलिएका होटल र पर्यटन व्यवसायलाई महानगरको यो नीतिले केही हदसम्म भए पनि राहत मिल्ने देखिएको छ,’ उनले भने । महानगरबाट इजाजत लिएका निर्माण व्यवसायीको इजाजतपत्र नवीकरणलाई पनि खुकुलो बनाइएको छ । चालू वर्षको चैत मसान्तभित्र नवीकरण गराउन नसकेका यस्ता कम्पनीले आगामी वर्षको असोज मसान्तभित्र साविककै रकम बुझाएर नवीकरण गर्न पाउने भएका छन् । महानगरले करदातालाई समयमै कर बुझाउन प्रोत्साहनको नीतिगत उपाय अपनाएको छ । आगामी आवदेखि पुस मसान्तभित्र सम्पत्ति कर र मालपोत बुझाउने करदातालाई १० प्रतिशत छूट दिइने भएको छ । चालू आवमा यस्तो छूट ५ प्रतिशत थियो । पुस महीनाभित्र कर बुझाउने व्यवसायीले व्यवसाय करमा पनि १० प्रतिशत छूट पाउने भएका छन् । यो अवधिभित्र बक्यौता कर बुझाउनेलाई पनि जरीवाना छूट दिने नीति लिइएको महानगर प्रमुख सरावगीले बताए । आन्तरिक स्रोत व्यवस्थापनमा दबाब झेलिरहेको महानगरले करको दायरा विस्तारलाई पनि नीतिगत रूपमै अघि बढाउने भएको छ । कर तिर्ने प्रवृत्तिलाई प्रोत्साहन गर्न आगामी आवदेखि असल करदातालाई सम्मान गरिने भएको छ । ‘सम्पत्ति करको दायरा फराकिलो बनाउन ‘स्वैच्छिक सम्पत्ति घोषणा’ अभियानलाई प्रोत्साहन गर्दै छौं । करदाताको सहजतालाई ध्यानमा राखेर आउँदो वर्षदेखि अनलाइन प्रणालीबाट कर संकलन गर्ने व्यवस्था पनि मिलाइनेछ,’ सरावगीले भने । करको दायरा बढाउन घुम्ती टोलीको व्यवस्था, अनुगमन र करदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने योजना महानगरको छ । दर्ता र नवीकरण नभएका व्यवसाय २०७८ पुसभित्र दर्ता हुन आएमा ३ वर्षको व्यवसाय करमात्र लिएर अद्यावधिक गरिने महानगरले बताएको छ । यस्तो व्यवसायलाई जरीवानामा छूट दिने महानगरको बजेटमा उल्लेख छ । नक्सा पास नगरी बनाइएका घरको आगामी पुससम्म नक्सा पास गर्न आए जरीवाना छूट दिइने पनि महानगरले बताएको छ । कर तिर्न अटेर गर्ने करदातालाई कस्ने जुक्ति पनि महानगरले अपनाएको छ । कर नतिरेका करदातासँग कारोबार नगर्न अर्थ मन्त्रालयबाट अधिसूचना जारी गराउने नीति लिइने भएको छ । महानगरपालिकाले कर चुक्ता नगरेका व्यक्ति, संघसंस्थाको कुनै किसिमको सिफारिश नगरिने बताएको छ । घर बहालकर असुलीलाई प्रभावकारी र पारदर्शी बनाउन बेग्लै सफ्टवेयर राखेर अद्यावधिक गर्ने योजना महानगरको छ । वीरगञ्ज महानगरपालिकाको राजस्व प्रशासनको संस्थागत क्षमता अभिवृद्धि र करदातामैत्री प्रशासनको व्यवस्थापनलाई पनि बजेटले समेटेको छ ।

उज्यालो वीरगञ्ज योजना : सकिन लाग्यो ठेक्का अवधि, आधा पनि छैन प्रगति

जेठ २९, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सञ्चालन गरेको उज्यालो वीरगञ्ज योजनामा ढिलाई भएको छ । राष्ट्रिय योजना आयोग र महानगरको संयुक्त लगानीमा नगरक्षेत्रमा सडक बत्ती जडानको योजनाले गति लिन नसकेको हो ।  समपूरक योजनाअन्तर्गत १३ महीनामा ३२ ओटै वडामा बत्ती जडान गर्ने लक्ष्य राखिएको थियो । ठेक्का अवधि सकिन १ महीनामात्र बाँकी रहँदा योजनाको भौतिक प्रगति ४० प्रतिशत मात्र पुगेको महानगरको योजना महाशाखाले बताएको छ ।  मूल्य अभिवृद्धि करबाहेक २३ करोड ९६ लाख रुपैयाँमा नगरक्षेत्रमा १३ हजार ३९० ओटा बत्ती जडान गर्ने ठेक्का लगाइएको महानगरले बताएको छ । योजनामा महानगर र योजना आयोगको ५०/५० प्रतिशत बजेट रहेको महानगरका इन्जिनियर प्रकाश अधिकारीले जानकारी दिए ।  महानगरले सूर्योदय उर्जा र टप सन इनर्जी जेभीलाई ७ जुन २०२० मा ठेक्का दिएको थियो । १४ जुलाई २०२१ मा काम पूरा हुनु पर्नेमा ६० प्रतिशत काम बाँकी नै रहेको महानगरको योजना महाशाखाको तथ्यांकले देखाउँछ । नगरक्षेत्रमा तोकिएका सडकमा १००, ६० र ४० वाटका बत्ती जडान गर्नुपर्ने कार्यादेश महानगरको छ ।  निर्माण कम्पनीले भारतको नाशा लाइटबाट १० हजार ओटा बत्ती भित्र्याइसकेको छ । ती मध्ये ४ हजार ३०० बत्ती जडान भएको र बाँकी काम अघि बढ्न नसकेको इन्जिनियर अधिकारीले जानकारी दिए । ‘कोरोना महामारीका कारण योजनामा ढिलाई भएको हो । निर्माण कम्पनीले म्याद थपका लागि आग्रह गरेको छ,’ उनले आर्थिक अभियानसँग भने ।  सरकारले कोरोना महामारीका कारण ढिलाई भएका सबै योजनाको म्याद ६ महीना थप्ने निर्णय गरिसकेको छ । कोरोनाकै कारण कामदार आपूर्ति हुन नसक्दा अहिले बत्ती जडानको काम रोकिएको महानगरले बताएको छ । योजनामा पोल गाड्ने, तार विस्तार र बत्ती जडानलगायतका काम बाँकी छन् ।  अहिलेसम्म वीरगञ्जका वडा नं. १, २, ८, १३, १५, १६ र १७ मा बत्ती जडान भएको महानगरले बताएको छ । नगरक्षेत्रका ८ मीटरभन्दा फराकिलो सडकमा बत्ती जडान गरिने योजना छ । यसअघि नै सौर्यबत्ती जडान भइसकेका क्षेत्रमा यो योजना राखिएको छैन । गुणस्तरमा प्रश्न :  वीरगञ्जको वडा नम्बर १५ मा जडान गरिएका बत्ती गुणस्तरहीन भएको आरोप स्थानीयले लगाएका छन् । जडान गरिएका बत्ती केही दिनमै बल्न छोडेपछि गुणस्तरहीन काम भएको भन्दै स्थानीय बासिन्दाले विरोध गरेका थिए ।  बत्ती जडानमा प्रयोग भएको तामाको तारमा कार्बन जमेकाले समस्या भएको महानगरका इन्जिनियर अधिकारीले बताए । कार्बन जमेको तार हटाएपछि बत्ती पुनः बल्न शुरू भएको जानकारी पनि उनले दिए ।   महानगरमा जडान भइरहेका बत्ती उत्पादकले नै गुणस्तर परीक्षण गरेर पठाएको र ५० हजार घण्टा बल्नुपर्ने योजना महाशाखाले बताएको छ ।

सफल होला, रात्रिबस चलाउने काठमाडौँ महानगरको योजना ?

काठमाडौं महानगरपालिकाले पटकपटक रात्रिबस सञ्चालन गर्ने योजना अघिसारे पनि कार्यान्वयन हुन सकेको छैन ।