काठमाडौं । नेपाल पत्रकार महासंघले निर्वाचन आचारसंहिता अनुगमन गर्ने जिम्मेवारी निर्वाचन आयोगले राष्ट्रिय अनुसन्धान विभागलाई दिएकोप्रति आपत्ति जनाएको छ ।
स्वनियमनको सिद्धान्तअनुसार सञ्चारक्षेत्र आफैंले बनाएको आचारसंहिता पालना गर्दै आइरहेकोतर्फ आयोगको ध्यानाकर्षण गराउँदै विभागमार्फतको अनुगमन नेपाली सञ्चार क्षेत्रलाई मान्य नहुने महासंघले जनाएको छ ।
निर्वाचन आचारसंहिताअन्तर्गत पत्रकार तथा सञ्चारमाध्यमका लागि उल्लेख आचारसंहिता पालना...