सडकदेखि संसद्‍सम्म लघुवित्त पीडितका मुद्दा : समाधानका लागि सरकार देखाउँदैन चासो

काठमाडौं । लघुवित्त कम्पनीबाट समस्यामा परेका ऋणीका विषयमा संसद्‍मा कुरा उठेको छ । प्रतिनिधिसभाको बुधवारको बैठकमा शून्य र विशेष समयमा बोल्ने सांसदले यो विषय उठाएका हुन् । शून्य समयमा बोल्दै नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले लघुवित्त संस्थाको नियमन कमजोर हुँदा समस्या देखिएको बताए । “अति न्यून आय भएका नागरिकलाई गरिबीको आहालबाट निकाल्नका लागि काम होला भनेर लघुवित्त संस्था आएका हुन् । अहिले तिनै लघुवित्त संस्थाका कारणले गर्दा गरीब थला पर्न बाध्य भएका छन् ।” थापाले भने । लघुवित्त क्षेत्रमा सङ्कट आउनुमा सञ्चालक, ऋणी र नियामक सबै उत्तिकै जिम्मेवार रहेको उनको आरोप छ । अनुचित नाफा कमाउनका लागि जे पनि गर्ने लघुवित्त संस्था, तत्कालको गर्जो टार्नका लागि जहाँबाट जसरी भए पनि ऋण लिने ग्राहक, अनि अनुमति दिँदा हात फैलाउने र सुपरीवेक्षण गर्दा मुट्ठी कस्ने नेपाल राष्ट्र बैंकका कारणले अहिले लुघवित्त संस्थामा सङ्कट देखिएको थापाको जिकिर छ । बैंक तथा वित्तीय संस्थाको नियामकका रुपमा रहेको नेपाल राष्ट्र बैंकले नियमन र सुपरीवेक्षणको कामलाई प्रभावकारी बनाउनपर्ने उनको भनाइ छ । साँच्चिकै सङ्कटमा परेका ऋणी पहिचान गरी राहतका लागि सामाजिक उत्तरदायित्व कोष (सीएसआर फण्ड) वा ग्राहक सुरक्षा कोष (क्लाइन्ट प्रोटेक्सन फन्ड) परिचालन गर्नुपर्ने पनि थापाले बताए । अहिले देखिएका समस्याबारे नियामक निकाय गम्भीर भएर लाग्नुपर्ने पनि उनको जोड छ । “बदनियत राखेर काम गर्ने लघुवित्त संस्थालाई कारबाहीको दायरामा ल्याउने, एउटा ऋणीले एउटा मात्रै संस्थाबाट ऋण लिन पाउने प्रावधान थपेर राष्ट्र बैंकको निर्देशिकाको प्रभावकारी कार्यान्वयन गर्ने, सुपरीवेक्षणलाई तल्लो तहसम्म लिएर जाने र वित्तीय साक्षरता कार्यक्रमलाई स्थानीय तहसँगसम्म लिएर जाने काम राष्ट्र बैंकले गर्नुपर्छ”, उनले भने । आजको बैठकको विशेष समयमा बोल्दै सांसद सरस्वती बजिमयले गरिबी निवारण र सामाजिक पूँजी परिचालनमा विशेष योगदानका लागि लघुवित्त संस्थाले भूमिका खेल्नुपर्नेमा त्यसो हुन नसकेको बताइन् । “जनतालाई गाउँ तहसम्म आफ्नो खुट्टामा आफैँ उभिने बनाउने उद्देश्यका लागि लघुवित्त स्थापना गरिएका थिए । तर अहिले लघुवित्तका कारण धेरै जनता मारमा परेका छन् । धेरै महिला लघुवित्तका कारण घरबारविहीन हुनुपर्ने अवस्था आएको छ”, उनले भनिन् । लघुवित्तका कर्मचारीले घर–घरमा गई लोभ देखाएर मानिसलाई त्यसमा आबद्ध गराएको र चर्को ब्याज तथा सेवा शुल्कमा ऋण लिन बाध्य पारेको विषय सांसद बजिमयले उठाएकी हुन् । यस्तो समस्या बढ्दै गएर झन् विकराल अवस्था आउने भन्दै यस्तो अवस्था आउन नदिन राष्ट्र बैंकले तत्काल कारबाही थाल्नुपर्ने पनि उनको धारणा छ । “लघुवित्त क्षेत्रलाई नेपाल राष्ट्र राष्ट्र बैंकले नियमन र नियन्त्रण गर्न आवश्यक छ । बेलैमा नियन्त्रण गरिएन भने यसले विकराल अवस्था सिर्जना गर्छ । ब्याजदर घटाउनतर्फ लागिएन भने समस्या झन बढ्दै जाने देखिएको छ”, उनले संसद्‍मा भनिन् । अर्का सांसद ढाकाकुमार श्रेष्ठले बैंक तथा वित्तीय संस्थाले ऋणीलाई ज्यादती गर्न थालेको धारणा राखे । “बैंकको ब्याजदरले ऋणीको घाँटी निमोट्दा उनीहरू सङ्कटमा छन् । यो दलदलबाट बाहिर निकाल्न सरकारले कुनै पहल गरेको देखिँदैन । बैंक तथा लघुवित्तको नागरिकमारा नीति आजकै मितिदेखि सुधार गरियोस् भन्नेबारे सदनको ध्यान आकर्षित गर्न चाहन्छु”, श्रेष्ठले भने । सांसद लालप्रसाद साँवा लिम्बूले पनि बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरबारे संसद्‍मा कुरा उठाएका छन् । बैंक तथा वित्तीय संस्थाले गरेको ब्याज वृद्धिका कारण उद्योगी व्यवसायी आन्दोलित हुनुपरेको उल्लेख गर्दै सांसद लिम्बूले यो समस्या समाधानका लागि सरकारले तत्काल कुनै कदम चाल्नुपर्ने बताए । लघुवित्त संस्थाले कर्जा असुलीमा ज्याजती गरेको भन्दै ऋणीहरु पछिल्लो केही समयदेखि आन्दोलित छन् । चर्को ब्याजदर, महँगो सेवाशुल्क, झन्झटिलो किस्ता भुक्तानी प्रक्रिया, कर्मचारीको दुर्व्यवहारलगायतका कारण देखाएर लघुवित्त कम्पनीविरुद्ध ऋणीहरू सङ्गठित भएर आन्दोलन गरिरहेका छन् । –रासस

सम्बन्धित सामग्री

कुहिरोको काग बनेका श्रममन्त्री, ओझेलमा श्रमिकका मुद्दा

नेतृत्वमा नयाँ आउने कतिपय अधिकारीहरूले आफूभन्दा अघिल्लो नेतृत्वले थालनी गरेको कामहरूलाई निरन्तरता दिनेतर्फ खासै चासो नदिएका वा कहाँबाट के गर्दा सकारात्मक परिणामहरू ल्याउन सकिन्छ भनी निर्क्याेल निकाल्नै नसकेर कुहिराको काग जस्तो भएको पनि देखियो ।

“तीन प्रमको अग्रिम बाँडफाड, जनसरोकारका मुद्दा नास्ति !”

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान सत्ता गठबन्धनमा आएको परिवर्तनप्रति कटाक्ष गर्दै जनसरोकारका मुद्दामा चासो नदिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । राष्ट्रपतिमा नेपाली कांग्रेसलाई समर्थन गर्नुभएका उहाँले सोमबार ट्वीट गर्दै निर्वाचन सम्पन्न भएको तीन महिनामै दुई गठबन्धन र सरकार परिवर्तन भएको भन्दै यही हो लोकतन्त्र भन्ने प्रश्न पनि उठाउनुभएको छ । पाँच वर्षको अवधिमा …

अध्यादेशमा मानव अधिकार आयोगको चासो, अध्यादेश राष्ट्रपति कार्यालय पुग्यो

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले फौजदारी मुद्दा फिर्ता लिन सहज हुने गरी ल्याएको अध्यादेशका विषयमा सरकारसँग जानकारी माग गरेको छ । सरकारको निर्णयबारे सञ्चार माध्यमबाट थाहा पाएको भन्दै आयोगले यस विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसँग यथार्थ विवरण माग गरेको जनाएको छ । ‘आयोगले यस सम्बन्धमा यथार्थ विवरण माग गर्दै आज नेपाल सरकार प्रधानमन्त्री तथा […]

ओलीलाई भेट्न बालकोट पुगे कांग्रेस नेता केसी

काठमाडौं : नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्। ओली निवास बालकोटमा आइतबार साँझ केसी र ओलीबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको केसीको सचिवालयले जनाएको छ। उनीहरूबीच करिब दुई घन्टा कुराकानी भएको जनाएको छ।  भेटवार्तामा ओलीले नयाँ सरकार गठनबारे चासो राखेका थिए।भेटमा द्वन्द्वकालीन मुद्दा किनारा लगाउने, भ्रष्टाचारविरूद्ध एक भई लड्नेलगायत विषयमा पनि उनीहरूबीच कुराकानी भएको जनाइएको छ।

नागरिकता विधेयक राष्ट्रपतिबाट अस्वीकार

प्रतिनिधिसभाको कार्यकाल सकिएकै वेला राष्ट्रपति–सरकार टकराव न्यायालय प्रवेश गर्ने सम्भावना, नागरिकता विधेयक चुनावी मुद्दा बन्ने निश्चित  संसद्ले दोस्रोपटक पारित गरेर पठाएको नागरिकता विधेयक पनि राष्ट्रपति विद्या भण्डारीले अस्वीकार गरेकी छिन् । प्रमाणीकरण...

बन्द खरी उद्योग खुलाउन प्रदेश सरकारको चासो

सिन्धुपाल्चोक (अस) । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–८ स्थित सरकारी स्वामित्वको नेपाल ओरियन्ट म्याग्नेसाइट उद्योगअन्तर्गत बन्द रहेको खरी उद्योग पुनः सञ्चालनका लागि बागमती प्रदेश सरकारले चासो देखाएको छ । खरी उद्योग पुनः सञ्चालन गर्न प्रदेश सरकारले आवश्यक उपकरण र खानी सुधारका लागि बजेटसहित आवश्यक प्रक्रिया अघि बढाएको हो । प्रदेश सरकारले आर्थिक वर्ष ०७८/७९ को नीति तथा कार्यक्रममा समेट्दै बजेट व्यवस्था गरेर खरी उद्योग सञ्चालनका लागि प्रारम्भिक पहल गरेको छ । प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री सरेश नेपालले खरी उद्योग पुनः सञ्चालनका लागि प्रविधि हस्तान्तरण तथा प्राविधिक सहयोगका गर्न २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए । ‘लामो समयदेखि बन्द रहेको उद्योग सञ्चालनका लागि उपकरण र भूकम्पपछि खरीढुंगाको खानी मर्मत गर्नुपर्ने देखिएको छ’, मन्त्री नेपालले भने, ‘उद्योग सम्बद्ध पक्षसँग बुझ्दा २० लाख लगानी गर्ने हो भने खरी उद्योग सञ्चालनमा आउने रहेछ । पुनः सञ्चालनका लागि सोहीअनुसार बजेट व्यवस्था गरिएको हो ।’ खरी उद्योगलाई पुनः सञ्चालनमा ल्याएर बागमती प्रदेशलाई हाते कागज, साबुन र रंगमा आत्मनिर्भर बनाउने अभियानमा सरकार अघि बढेको उनले बताए । ‘यो उद्योग सञ्चालन भइपछि खरीधुलोबाट बन्ने हाते कागज, साबुन र रंगरोगनका सामग्रीमा प्रदेश आत्मनिर्भर बन्नेछ’, मन्त्री नेपालले भने, ‘म्याग्नेसाइट उद्योग पुनः सञ्चालनका लागि संघीय सरकारलाई पनि थप दबाब पर्नेछ ।’ ८ वर्ष अघिसम्म सामान्य अवस्थामा सञ्चालनमा रहेको सो उद्योग त्यसयता भने सञ्चालन हुन सकेको छैन । खरी उद्योग सञ्चालनमा आउँदा ५ सयदेखि ६ सयले प्रत्यक्ष रोजगारी पाउने बलेफी गाउँपालिका–८ का वडाध्यक्ष चरिबहादुर तामाङ बताउँछन् । यसअघि उद्योगबाट उत्पादन भएको खरी साबुन, कस्मेटिक वस्तु, रंग र रबर उद्योगमा खपत हुने गरेको थियो । प्रतिघन्टा सात टन उत्पादन क्षमता रहेको सो उद्योगले यसअघि सञ्चालनको अवस्थामा मासिक ६ सय टनसम्म खरी पाउडर बिक्री गर्ने गरेकोे थियो । बलेफी गाउँपालिका– ८ लामोसाँघुमा ३ सय ६७ रोपनी जग्गामा फैलिएको नेपाल ओरियन्ट म्याग्नेसाइट उद्योग भने २३ वर्षयता बन्द छ । उद्योगका औजार उपकरण खिया लागेर काम नलाग्ने भइसकेका छन् । पटक–पटक पुनः सञ्चालनको मुद्दा मात्र उठ्ने गरेको तर म्याग्नेसाइट उद्योग सञ्चालनको पर्खाइमै रहिरहेको वडाध्यक्ष तामाङ बताउँछन् । ‘हामीले निर्वाचित भएलगत्तै उद्योग सञ्चालनमा ल्याउन सरकार र उद्योगका सरोकारवालालाई ज्ञापनपत्र बुझाए पनि वास्ता भएन’, तामाङले भने, ‘यसपटक प्रदेश सरकारले खरी उद्योग सञ्चालनमा ल्याउन पहल गरेको छ । अब संघीय सरकारले म्याग्नेसाइट उद्योग नै सञ्चालनका लागि पहल गर्ने विश्वास छ ।’ ०३६ मा ३ अर्ब ५९ करोड रुपैयाँ लगानीमा निर्माण भएको सो उद्योग हाल पूर्ण रूपमा बन्द छ । उद्योग निर्माणका क्रममा प्रविधि जडानको जिम्मा पाएका साझेदारी संस्था उडिसा इन्डस्ट्रिज लिमिटेडले कमसल र गुणस्तरहीन सामग्री प्रयोग गरेकै कारण उद्योगबाट अन्तर्राष्ट्रिय मापदण्डअनुसारका सामग्री उत्पादन हुन छाडेको थियो । त्यसपछि नेपाल सरकार र आईसीएफ इन्टरनेसनल फाइनान्स कर्पोरेसनले प्लान्ट बन्द गर्न निर्देशन गरेबमोजिम २०४७ पुसदेखि परीक्षण उत्पादन बन्द भएको उद्योगको मजदुर संघका अध्यक्ष भुवन केसी बताउँछन् । उनका अनुसार ०५० साल जेठ २ गते मन्त्रिपरिषद्बाट पुँजी वृद्धिअनुसार सरकारले थप्नुपर्ने पुँजी थप गर्ने र कम्पनीको व्यवस्थापन स्रोत नेपाल सरकारले लिने गरी निर्णय गरेको थियो । सोहीअनुसार कम्पनीको साधारणसभाले कम्पनीको जारी पुँजी वृद्धि गरी ५० करोड बनाएकामा नेपाल सरकारको ३७ करोड ५० लाख अर्थात् ७५ प्रतिशत, उडिसा इन्डस्ट्रिज लिमिटेड भारतको ३ करोड ७५ लाख अर्थात् १२ दशमलव ५ प्रतिशत र निजी क्षेत्र खेतान समूह नेपालको ३ करोड ७५ लाख अर्थात् १२ दशमलव ५ प्रतिशत लगानी गरी उद्योग पुनः सञ्चालनमा ल्याइएको थियो । तर, तत्कालीन बजारमा चिनियाँ डीबीएम धेरै सस्तो रहेको र नेपालमा तेलमा भएको मूल्यवृद्धिका उत्पादित वस्तुको मूल्यमा प्रतिस्पर्धा गर्न नसकेपछि ०५५ साल वैशाख २६ गतेदेखि उद्योगबाट उत्पादन बन्द भएको थियो ।

२३ वर्षदेखि बन्द खरी उद्योग खुलाउन प्रदेश सरकारको चासो

असार २२, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–८ स्थित सरकारी स्वामित्वको नेपाल ओरियण्ट म्याग्नेसाईट उद्योग अन्तर्गत बन्द रहेको खरी उद्योग पुन: सञ्चालनका लागि वाग्मती प्रदेश सरकारले चासो देखाएको छ ।  खरी उद्योग पुन: सञ्चालनका लागि प्रदेश सरकारले आवश्यक उपकरण र खानी सुधारका लागि बजेटसहित आवश्यक प्रक्रिया अघि बढाएको हो । प्रदेश सरकारले आर्थिक वर्ष ०७८/०७९ का लागि नीति कार्यक्रममा समेट्दै बजेटको व्यवस्था गरेर खरी उद्योग सञ्चालनका लागि प्रारम्भीक पहल गरेको छ । प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सरेश नेपालले खरी उद्योग पुनःसञ्चालनका लागि प्रविधि हस्तान्तरण तथा प्राविधिक सहयोगका गर्न २० लाख रुपैयाँ बजेट विनियोजन गरेको जनाए ।  ‘लामो समयदेखि बन्द रहेको उद्योग सञ्चालनका लागि उपकरण र भूकम्पपछि खरीढुंगाको खानी मर्मत गर्नुपर्ने देखिएको छ’, मन्त्री नेपालले भने ‘उद्योग सम्बद्ध पक्षसँग बुझ्दा २० लाख लगानी गर्ने हो भने खरी उद्योग सञ्चालनमा आउने रहेछ पुनःसञ्चालनका लागि सोही अनुसार बजेट व्यवस्था गरिएको हो ।’ खरी उद्योगलाई पुन : सञ्चालनमा ल्याएर वाग्मती प्रदेशलाई हाते कागज, साबुन र रङमा आत्मनिर्भर बनाउने अभियानमा सरकार अघि बढेको उनले बताए ।  ‘यो उद्योग सञ्चालन भइपछि खरीधुलोबाट बन्ने हाते कागज, साबुन र रङरोगनका सामग्रीमा प्रदेश आत्मनिर्भर बन्नेछ’, मन्त्री नेपालले भने ‘म्याग्नेसाईट उद्योग पुनः सञ्चालनका लागि संघीय सरकारलाई पनि थप दबाब पर्नेछ ।’ आठ वर्ष अघिसम्म सामान्य अवस्थामा सञ्चालनमा रहेको सो उद्योग त्यसयता भने सञ्चालन हुन सकेको छैन । खरी उद्योग सञ्चालनमा आउँदा ५००/६०० जनाले प्रत्यक्ष रोजगारी पाउने बलेफी गाउँपालिका ८ का वडाध्यक्ष चरिबहादुर तामाङ बताउँछन् ।  यसअघि उद्योगबाट उत्पादन भएको खरी साबुन, कस्मेटिक वस्तुहरू, रङ र रबर उद्योगमा खपत हुने गरेको थियो । प्रतिघण्टा सात टन उत्पादन क्षमता रहेको सो उद्योगले यसअघि सञ्चालनको अवस्थामा मासिक ६०० टनसम्म खरी पाउडर विक्री गर्ने गरेकोे थियो ।  बलेफी गाऊँपालिका–८ लामोसाँगुमा ३६७ रोपनी जग्गामा फैलिएको नेपाल ओरियण्ट म्याग्नेसाइट उद्योग भने २३ वर्ष यता बन्द छ । उद्योगका औजार उपकरणहरु खिया लागेर काम नलाग्ने भइसकेका छन् । पटक पटक पुनः सञ्चालनको मुद्दा मात्र उठ्ने गरेको तर म्याग्नेसाईट उद्योग सञ्चालनको पर्खाइमै रहिरहेको वडाध्यक्ष तामाङ बताउँछन् ।  ‘हामीले निर्वाचित भए लगत्तै उद्योग सञ्चालनमा ल्याउन सरकार र उद्योगका सरोकारवालालाई ज्ञापनपत्र बुझायौं तर बास्ता भएन’, तामाङले भने ‘यसपटक प्रदेश सरकारले खरी उद्योग सञ्चालनमा ल्याउन पहल गरेको छ, अब संघीय सरकारले म्याग्नेसाईट उद्योग नै सञ्चालनको लागि पहल गर्ने विश्वास छ ।’ २०३६ सालमा ३ अर्ब ५९ करोड लगानीमा निर्माण भएको सो उद्योग हाल पूर्ण रुपमा बन्द छ । उद्योग निर्माणका क्रममा प्रविधि जडानको जिम्मा पाएका साझेदारी संस्था उडिसा इण्ड्रष्ट्रिज लिमिटेडले कमसल र गुणस्तरहीन सामग्री प्रयोग गरेकै कारण उद्योगबाट अन्तररारष्ट्रिय मापदण्डअनुसारको सामग्री उत्पादन गर्न नसकेपछि नेपाल सरकार र आईसिएफ इन्टरनेशनल फाइन्यान्स कर्पोरेशनले प्लान्ट बन्द गर्न निर्देशन गरे बमोजिम २०४७ पुसदेखि परीक्षण उत्पादन बन्द भएको उद्योगको मजदूर संघका अध्यक्ष भुवन केसी बताउँछन् ।  उनका अनुसार २०५० साल जेठ २ गते मन्त्री परिषद्बाट पूँजी वृद्धि अनुसार नेपाल सरकारले थप गर्नुपर्ने पूँजी थप गर्ने र कम्पनीको व्यवस्थापन स्रोत नेपाल सरकारले लिने गरी निर्णय गरेको थियो ।

जसपाको चासो रहेका २४ थान मुद्दा फिर्ताको तयारीमा सरकार, महन्थको मन ओलीतिरै !

अहिलेको सत्ता समीकरणमा निर्णायक बनेको जनता समाजवादी पार्टी (जसपा) नेपाल भने सत्ताको खेलभन्दा पनि आफ्नो माग पूरा गराउनेतर्फ केन्द्रित भएको छ।प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सत्ता यथावत राखिरहनका लागि जसपासँग साथ, सहयोग तथा समर्थन खोजेका छन् भने अर्कातर्फ नेपाली कांग्रेस र माओवादी केन्द्रले समेत वैकल्पिक सरकार निर्माण गर्नका ला...

मानवअधिकार आयोगको नियुक्तिमा राष्ट्रसंघको चासो : सरकारले के जवाफ देला ?

२३ चैत, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगमा भएको नियुक्ति प्रक्रिया र आयोगको क्षेत्राधिकारमा अतिक्रमण गर्ने गरी कानून संशोधन गर्न खोजेको भन्ने प्रश्न उठाएर संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयले नेपाल सरकार र आयोगलाई पठाएको पत्रले नेपालको मानवअधिकार क्षेत्र अहिले तरङ्गित छ । द्वन्द्वकालीन मानवअधिकार उल्लंघनका मुद्दा बाहेक समग्र मानवअधिकारको क्षेत्रमा नेपालले गणतन्त्र स्थापनायता निरन्तर प्रगति गरिरहेको […]

मुद्दा सम्बोधनमा मधेसी दलको चासो

प्रदेश २ मा प्रादेशिक सरकार निर्माणका लागि प्रत्यक्षतर्फ ६४ र समानुपातिकतर्फ ४३ गरी १ सय ७ सदस्यीय प्रदेशसभाको बहुमत ५४ सिट हो । हालसम्मको चुनावी परिणामअनुसार कुनै एउटा दलको स्पष्ट बहुमत पुगेको छैन । तर, फोरम–राजपा गठबन्धनको भने ठीक ५४ सिट पुगेको छ । यो गठबन्धन कायम रहेमा सरकार गठन गर्न चाहिने सामान्य बहुमत पुग्छ । तर, प्रादेशिक सरकार गठनभन्दा पनि केन्द्रीय सत्ता समीकरणमा ‘मधेस मुद्दा’ लाई ठाउँ दिलाउने सकस भने कायमै छ ।