वाइडबडीः सर्वोच्चले ‘किस्ता नरोक्नू’ भनेकोले मैले केही गरिनँः पर्यटनमन्त्री

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले वाइडबडी  जहाज खरिद गर्ने प्रक्रिया पहिलेकै सरकारहरुले गरेकोले आफू सो प्रक्रियामा नजोडिने बताएका छन् ।    पर्यटनमन्त्रालयमा सोमबार पत्रकार सम्मेलन  गरी मन्त्री अधिकारीले यस्तो ...

सम्बन्धित सामग्री

डोटीको दिपायलमा अब जहाज नियमित चल्छ : निवर्तमान मन्त्री आले

डोटी – निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले डोटीको दिपायलमा जहाज नियमित सञ्चालन हुने बताउनुभएको छ ।  आज सोमवार डोटीको दिपायल विमानस्थलको ट्रमिनल भवनको शिलान्यास गर्दै निवर्तमान मन्त्री आलेले दिपायलमा जहाज नियमित सञ्चालनका लागि आवश्यक सबै प्रक्रिया पूरा गरिने बताउनुभयो । उहाँले भन्नुभयो, जहाज नआउँदा लामो समयदेखि बन्द अवस्थामा रहेको विमानस्थलमा मैले पर्यटनमन्त्री हुँदा हप्तामा दुई पटक भए पनि जहाज सञ्चालन गराउन सफल भएको छु, अब जहाज नियमित सञ्चालन गराउँछु । उहाँले सुदूरपश्चिमक...

सुरक्षागार्डलाई रिहा गरिदिन मैले नै गृहमन्त्रालयलाई भनेको हुँ : पर्यटनमन्त्री

२० भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको सचिवालयले थुनामा रहेका सुरक्षा गार्ड शेरजंग गुरुङलाई थुनामुक्त गर्न गर्न गृहमन्त्रालयलाई आग्रह गरेको बताएका छन् । मन्त्रीलाई दुर्व्यवहार गरेकोले गुरुङ पक्राउ गरेको भन्दै श्रेष्ठका स्वकीय सचिव भीमसेन राजवाहकले विज्ञप्ति निकालेर भनेका छन्, ‘‍…निज गुरुङले प्रहरी समक्ष गल्ती महसुस गरिसकेकोले निजलाई नियन्त्रणमुक्त गरिदिन माननीय मन्त्रीज्यूले […]

खेलकुदकै कारण यहाँसम्म आइपुगेको हुँ : नवनियुक्त पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौं । नवनियुक्त पर्यटन मन्त्री जीवनराम श्रेष्ठले आफ्नो राजनीतिक उचाइमा खेलकुद क्षेत्रको भूमिका ठुलो रहेको बताएका छन्। नेपाल ‌ओलम्पिक कमिटी (एन‌‌ओसी)ले गरेको बधाई कार्यक्रममा बोल्दै श्रेष्ठले भने, ‘मैले खेलकुदकै कारण आफूलाई चिनाउने अवसर पाएको हुँ। यहाँसम्म आइपुग्न खेलकुदको ठुलो भूमिका छ। म मात्र यहाँ पुगेको होइन, समग्र खेलकुद परिवार पुगेको हो ।’ राष्ट्रिय खेलकुद परिषद्का […]

मैले ९० प्रतिशत अंक ल्याएको छुः पर्यटनमन्त्री आले

काठमाडौं, १२ असार । पर्यटनमन्त्री प्रेमबहादुर आलेले आफू कामबाट सन्तुष्ट भएको र ९० प्रतिशत अंक ल्याउन सफल भएको दाबी गरेका छन् । कसैले मन्त्रालयमा कामबाट कति सन्तुष्ट हुनुहुन्छ भनी सोधेमा आफूले ९० प्रतिशत दिने बताए । आफू २६३ दिन मन्त्री रहँदा प्रक्रियामा भन्दा एक्सनमा विश्वास गरेर बढेको सुनाए । सर्वसाधारणका लागि आफूले महत्वपूर्ण कार्य गरेको […]

एयरपोर्टका कर्मचारी कुट्ने पर्यटन बोर्डका सीईओलाई मन्त्री आलेले बोलाए

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित भन्सारका कर्मचारी कुट्ने नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीलाई मन्त्रालयले बोलाएको छ । पर्यटनमन्त्री प्रेम आलेले मदिराले मातेर कर्मचारीमाथि हातपात गर्ने सीईओ रेग्मीलाई सोधपुछका लागि बोलाएका हुन् । ुमैले उहाँलाई मन्त्रालयमा बोलाएको छु, घटना के भएको हो भनेर उहाँसँग जानकारी लिन बोलाएको हुँ’ मन्त्री आलेले भने, ‘यो घटनालाई गम्भीरताका साथ लिएको छु ।’ उनले सोधपुछ गरिसकेपछि थप प्रक्रिया अगाडी बढ्ने पनि बताए । ‘सोधपुछ नै नगरी छानबिनको प्रक्रिया अगाडी बढाउने कुरा भएन, सुरुमा घटनाको विषयमा जानकारी लिएपछि छानबिन पनि हुन्छ’ मन्त्री आलेले भने ।बेलायतमा भएको वर्ल्ड ट्राभल मार्टमा सहभागी भएर फर्किने क्रममा ६ बोतल मदिरा ल्याएपछि भन्सारका नासु सुमन थापाले सोधपुछ गर्दा सीईओ रेग्मीले झाप्पड हानेका थिए ।सीईओ रेग्मीले मदिरा सेवन गरेको पाईएको विमानस्थल भन्सार कार्यालय स्रोतले जनाएको छ ।यसअघिःरक्सीले मातेका पर्यटन बोर्डका सीईओले एयरपोर्टमा कर्मचारी कुटे, घटना गुपचुप राख्न ‘सर्कुलर’

गुरुयोजना बनाएर पीडितका समस्या सम्बोधन गर्छु : प्रधानमन्त्री

महेन्द्रनगर । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिममा बाढी र पहिरोबाट भएको क्षति र पीडितलाई सम्बोधन हुनेगरी गुरुयोजना बनाइने बताउनुभएको छ । बाढी प्रभावित क्षेत्र निरीक्षणका क्रममा बिहीवार साँझ कञ्चनपुरको दोधारा–चाँदनी पुग्नुभएका प्रधानमन्त्री देउवाले सुदूरपश्चिम बाढी र पहिराबाट नराम्ररी प्रभावित भएको बताउनुभयो । ‘बाढी र पहिराले यहाँको अवस्था नै दयनीय बनाइदिएको मैले निरीक्षणका क्रममा पाएँ,’ उहाँले भन्नुभयो, ‘निरीक्षणपछि काठमाडौं फर्किएर गुरुयोजना बनाएर सम्बोधन गरिनेछ ।’ आफू निरीक्षणका क्रममा यहाँ बाढी र पहिरोले पु¥याएको क्षति देखेर दुःखी भएको बताउनुभयो । प्रधानमन्त्री देउवाको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, पर्यटनमन्त्री प्रेम आले, पूर्वमन्त्री रमेश लेखक, नारायणप्रकाश साउद र वीरबहादुर बलायर सहभागी थिए । प्रधानमन्त्रीले डोटी, बझाङ, बैतडी, डँडेलधुरा हुँदै बाढीको क्षति र अवस्थाबारे बिहीवार साँझ कञ्चनपुर पुगेर स्थलगत जानकारी लिनुभएको हो । उहाँले कञ्चनपुरमा ब्रह्मदेव र महाकाली तटीय क्षेत्रमा हवाई निरीक्षणसमेत गर्नुभएको थियो । सुदूरपश्चिममा बाढी र पहिरोका कारण ३१ जनाको मृत्यु भइसकेको छ भने २३ जना बेपत्ता र १७ जना घाइते भएका छन् । पहिरोले सडकमा क्षति पुगेपछि पहाडी जिल्लाको यातायात सेवा अझै निर्बाध रूपमा सञ्चालन हुन सकेको छैन । कञ्चनपुरमा महाकाली नदीमा आएको बाढीले भीमदत्तनगरपालिका–९, ११, १२ र १३ र दोधारा–चाँदनीमा क्षति पु¥याएको थियो । त्यसैगरी बाढीले महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलसँगै बनिरहेको ६ लेनको पहुँच मार्गको केही भाग कटान गरेको छ । बाढीबाट विस्थापित अझै घर फर्किसकेका छैनन् । पीडित विद्यालय, सार्वजनिक स्थान र आफन्तकोमा आश्रय लिइरहेका छन् । रासस