काठमाडौं । नवनियुक्त पर्यटन मन्त्री जीवनराम श्रेष्ठले आफ्नो राजनीतिक उचाइमा खेलकुद क्षेत्रको भूमिका ठुलो रहेको बताएका छन्। नेपाल ओलम्पिक कमिटी (एनओसी)ले गरेको बधाई कार्यक्रममा बोल्दै श्रेष्ठले भने, ‘मैले खेलकुदकै कारण आफूलाई चिनाउने अवसर पाएको हुँ। यहाँसम्म आइपुग्न खेलकुदको ठुलो भूमिका छ। म मात्र यहाँ पुगेको होइन, समग्र खेलकुद परिवार पुगेको हो ।’ राष्ट्रिय खेलकुद परिषद्का […]