वीरगञ्ज महानगरपालिकामा गठबन्धनका साझा उम्मेदवार राजेशमान सिंहले १९ हजार ४२९ मत ल्याएका छन् । सिंहका निकटतम प्रतिस्पर्धी एमालेका विजय सरावगीले १० हजार १६१ मत प्राप्त गरेका छन् । महानगर प्रमुखमा एमालेका सरावगी भन्दा गठबन्धनका उम्मेदवार सिंहले ९ हजार २६८ मतले अगाडी छन् । साथै प्रमुखमा राप्रपाका उम्मेदवार गिरीश गिरीले ८६२ मत ल्याएका छन् ।महानगर उपप्रमुख पदमा भने गठबन्धनका उम्मेदवार इम्तियाज आलमले १४ हजार १२० मत ल्याएका छन् भने एमालेसँग गठबन्धन गरेको लोसपाका उम्मेदवार पुरुषोत्तमलाल झाले २ हजार ८७४ मत