काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्माले देशकाे अर्थतन्त्र धराशायी भयाे भन्नेहरूलाई सरकारले कामबाट जवाफ दिने बताउनुभएकाे छ । आज बुधवार ७० औँ अन्तर्राष्ट्रिय भन्सार दिवसकाे अवसरमा भन्सार महसुलको विद्युतीय भुक्तानी (ई–पेमेन्ट) प्रणालीको सुरुवात गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।
अर्थमन्त्री शर्माले अहिले अन्तर्राष्ट्रिय मूल्य वृद्धिको शृङ्खलाका कारण विदेशी मुद्राको सञ्चितिमा केही चाप परेको जानकारी गराउनुहुँदै अर्थतन्त्र धराशायी नभएको बताउनुभयो । कतिपयले निजी क्षेत्र तथा आम सर्वसाधारणलाई त्रसित बनाउने गरी ...