चुनावमा भोट बटुल्ने उद्देश्यले सम्भाव्यता अध्ययनबिना बनाइएका विमानस्थलमा राज्यको लगानी त भएको छ, तर उडान नहुँदा बजेट मात्र खेर गएको छ । काठमाडौंसहित देशभर ५२ विमानस्थल छन्, जसमध्ये १९ वटा बन्द छन् । चालु अवस्थाका ३३ मध्ये २० विमानस्थल दुर्गम तथा हिमाली भेगमा छन् तर त्यहाँ पनि कहिले जहाज आउने हो, यकिन हुँदैन ।