सरकारले पूर्वाधारमा जोड दिने तथा बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल बनाउने तयारी गरिरहेको बेला सर्वोच्च अदालतले भने परियोजना बनाउने हालसम्मका निर्णय बदर गरिदिएको छ । बिहीबार सर्वोच्च अदालतले बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल बनाउनेबारे सरकारले अहिलेसम्म गरेका सबै निर्णय बदर गर्न आदेश जारी गरेको हो ।न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत […]