काठमाडौं : घरेलु टोली भारतले दक्षिण अफ्रिकाविरुद्व ५ खेलको टी-२० सिरिजको तेस्रो खेलमा पहिलो जित निकालेको छ।क्रिकेटको तीनै फर्म्याटमा भने भारतले दक्षिण अफ्रिकालाई पछिल्लो ७ खेलमा यो पहिलो पटक पराजित गर्न सफल भयो।जारी टी-२० सिरिजमा भने अघिल्ला दुई खेलमा दक्षिण अफ्रिका विजयी भएको थियो। मंगलबार जित्नै पर्ने खेलमा दक्षिण अफ्रिकाविरुद्व भारतले विशाखपट्टनामा भएको तेस्रो टी-२० मा टस जितेर पहिलो ब्याटिङ गर्दै ५ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो। जवाफमा दक्षिण अफ्रिका १९.१ ओभरमा १ सय ३१ रनमा अलआउट भयो।भ