नेपाल कृषिप्रधान मुलुक भनिन्छ । कृषिको आधुनिकीकरण र व्यवसायीकरणको नारा पनि खुबै लगाइन्छ तर उखु किसान हेरे त्यही समस्या, चिया किसान हेरे त्यही समस्या, धान किसान हेरे त्यही समस्या । वास्तवमा सरकार किसानमैत्री हुन नसकेकै हो त ? पूर्वी नेपालका चिया किसानहरूको चिन्ता छ, सरकारको उदासीनताले दुई वर्षभित्र सबै चिया उद्योग बन्द हुने अवस्था आउने देखिएको छ । उनीहरूले सरकारले चिया क्षेत्रको समस्या समाधानमा ठोस निर्णय गर्न नसके दुई वर्षभित्र नेपालका सबै चिया उद्योग बन्द हुने अवस्थामा पुग्ने बताएका छन् ।