उम्मेदवारले बाटो, बिजुली, खानेपानीजस्ता पूर्वाधार विकासको नारा लिएर भोट माग्ने गर्छन् । तर, प्रदेश ५ अन्तर्गत पश्चिम नवलपरासीका प्रतिनिधिसभाका उम्मेदवारले उखु खेतीलाई एजेन्डा बनाएका छन् । उनीहरू उखु खेतीमा अनुदान दिने र मूल्य बढाउने आश्वासनसहित किसानसित भोट माग्ने गरेका हुन् ।