सुनसरी - सुनसरी–४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र एमालेका जगदीशप्रसाद कुसियैतबीच कडा प्रतिस्पर्धा छ ।
पछिल्लाे मत परिणाम अनुसार कांग्रेसका कार्की एमालेका कुसियैतभन्दा जम्मा चार मतान्तरले अगाडि हुनुहुन्छ ।
अहिलेसम्म कार्कीकाे ३० हजार ७३ र कुसियैतकाे ३० हजार ६९ मत रहेकाे छ ।
सुनसरी - प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनाव अन्तर्गत सुनसरी–४ मा मतगणना भइरहेको छ । सुनसरी–४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र एमालेका जगदीशप्रसाद कुसियैतबीच कडा प्रतिस्पर्धा छ ।
पछिल्लो मतगणनाको विवरण अनुसार बिहान २५ मतले अगाडि रहेका कार्कीलाई २७ मतले उछिन्दै अहिले एमालेका कुसियैतले अग्रता लिनुभएको छ । एमालेका जगदीशप्रसाद कुसियैतले २९ हजार ९६६ र कांग्रेसका कार्कीले २९ हजार ९३९ मत प्राप्त गर्नुभएको छ । कांग्रेसका कार्की सूचना प्रविधि मन्त्री समेत हुनुहुन्छ ।
काठमाण्डाै – प्रतिनिधिसभा अन्तर्गत काठमाण्डौ क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका नेता प्रदीप पौडेल विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई चार हजार ९६५ मतले पछि पार्दै विजयी हुनुभएको हो ।
कांग्रेसका पौडेलले १५ हजार २३७ मत र एमालेका पोखरेलले १० हजार २७२ मत प्राप्त गर्नुभएको छ ।
काठमाण्डाै – प्रतिनिधि सभा अन्तर्गत काभ्रेको क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका शिव हुमागाई र नेकपा एमालेका उम्मेदवार गोकुल बास्कोटाको मतान्तर ४९७ मा झरेको छ ।
पछिल्लो विवरण अनुसार कांग्रेसका हुमागाईले आठ हजार ३६१ मत र एमालेका बास्कोटाले सात हजार आठ सय ३४ मत प्राप्त गर्नुभएको छ ।
बिहान १२ बजेदेखि जारी सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ को पछिल्लो नतिजा अनुसार नेपाली कांग्रेसका हृदयराम थानी नेकपा एमालेका अमृत विसीभन्दा १ हजार ४४४ मतान्तरले अगाडि छन् । अहिले १०ः ३० सम्म आइपुग्दा जम्मा १० हजार ७० मतगणना भएका छन् ।जसमा कांग्रेसका थानीले ५ हजार ११८ मत प्राप्त गरेका छन् भने एमालेका विसीले ३ हजार ६७४ मत पाएका छन् । यस्तै ४३९ मत बदर भएका छन् ।
काठमाण्डाै – इलाम क्षेत्र नम्बर २ को प्रारम्भिक मतगणनामा एमालेका उपाध्यक्ष सुवास नेम्वाङलाई पछि पार्दै कांग्रेसका डब्बरबहादुर खड्काले अग्रता बनाउनुभएको छ ।
अहिलेसम्म छ सय ७० मत गन्दा कांग्रेसका खड्काले तीन सय ४२ र एमालेका नेम्वाङले दुई सय ७५ मत प्राप्त गर्नुभएको छ ।
१ जेठ, काठमाडौं । पर्साको जिराभवानी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका अनोज चौधरीले अग्रता लिएका छन् । २६३२ मतगणना हुँदा चौधरी ९४३ मतका साथ अग्र स्थानमा छन् । चौधरीले नेकपा एमालेका उम्मेदवार रामपृत महतोलाई ४४ मतले पछि पारेका छन् । महतोले ८९९ मत प्राप्त गरेका छन् ।जनता समाजवादी पार्टी (जसपा)का बिकाउप्रसाद थारु भण्डारीले ५५७ ल्याएका छन् […]