यमनमा एम्बुलेन्समा विस्फोट : पाँच चिकित्सकको मृत्यु

दक्षिणी यमनमा सेनाको चिकित्सक टोली बोकेको एम्बुलेन्समा विस्फोट हुँदा पाँच चिकित्सकको मृत्यु भएको छ।अब्यान प्रान्तमा दक्षिणी सरकार समर्थक यमनी सेनाको चिकित्सक टोली बोकेको एम्बुलेन्समा भएको सुरक्षा अधिकारीले बताएका छन्। अब्यानमा आतंकवादी पत्ता लगाउने उद्देश्यले सरकार समर्थक सैन्य अभियानमा बाधा पुर्‍याउने प्रयासमा आतंकवादीले विभिन्न क्षेत्रहरूमा बम राखेको सरकारी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले जनाएको छ । घटनाको जिम्मा अहिलेसम्म कुनै समूहले लिएको छैन। 

सम्बन्धित सामग्री

पाकिस्तानमा बारुदी सुरुङ विस्फोट, तीन बालबालिकाको मृत्यु

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बिहीबार बारुदी सुरूङ विस्फोट हुँदा तीन बालबालिकाको मृत्यु भएको छ।अफगानिस्तानको सीमावर्ती खैबर पख्तुनख्वा प्रान्तस्थित वजिरिस्तानको मिर अली क्षेत्रमा बिछ्याइएको बारुदी सुरूङमा  विस्फोट हुँदा तीन बालबालिकाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ।मृतक बालबालिका जिल्लाको खजोरी क्षेत्र नजिकैको खेतमा गाईवस्तु चरारहेका वला विस्फोट भएको हो। बालबालिका पाँचदेखि १५ वर्षसम्म उमेरका थिए। घटनाको जिम्मेवारी कुनै पनि समूहले लिएको छैन।

क्युबामा विस्फोट हुँदा १८ को मृत्यु

काठमाडौँ : क्युबाको एक होटेलमा शक्तिशाली विस्फोट हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ। अन्य ६० भन्दा बढी घाइते भएका छन्। घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ। पाँचतारे होटेलमा भएको विस्फोट, ग्यास चुहावटका कारण भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। मृत्यु हुनेमा एक गर्भवती महिला र एक बच्चा पनि रहेको क्युवाली राष्ट्रपति कार्यालयले जनाएको […]

ललितपुरको अक्सिजन प्लान्ट विस्फोट, एकको मृत्यु

ललितपुर, ८ बैशाख । ललितपुर अक्सिजन प्लान्टमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । ललितपुर औद्योगिक क्षेत्रभित्र रहेको सगरामाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा चार जना घाइते भएको प्रहरीले जनाएको छ । अक्सिजन भर्ने क्रममा ग्यास विस्फोट भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

ग्यास विस्फोट भइ आगलागी हुँदा तीन बालबालिकाको मृत्यु

चौतारा : खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट भएर आगलागी हुँदा तीन बालबालिकाको मृत्यु भएको छ। बाह्रबिसे नगरपालिका–८ मानेश्वाराको स्थानीय लामा टोलमा ग्यास विस्फोट भएर आगलागी हुँदा जलेर तीन बालबालिकाको मृत्यु भएको हो। स्थानीय मिनबहादुर तामाङको घरमा खाना पकाउने क्रममा आइतवार साँझ ७ बजे ग्यास विस्फोट भएको हो। घरमा आगलागी हुँदा…

पाकिस्तानको लाहोरमा बम विस्फोट, २ को मृत्यु

पाकिस्तानको लाहोरमा शक्तिशाली बम विस्फोट हुँदा कम्तिमा २ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । लाहोर प्रहरी प्रवक्ता राणा आरिफका अनुसार मोटरसाइकलमा फिट गरिएको टाइम बम विस्फोट भएको हो । स्थानीय लाहोरी गेट क्षेत्रको अनारकली बजारमा सो विस्फोट भएको थियो । मृत्यु हुनेमा एक बच्चा समेत रहेको र मृतकमध्ये केहीको अवस्था गम्भीर रहेको समाचारमा जनाइएको छ।   लाहोर प्रहरीले घटनाबारे अनुसन्धान सुरु भएको बताएको छ ।

पाकिस्तानको लाहौरमा बम विस्फोट, २ जनाको मृत्यु

पाकिस्तानको लाहोरमा बिहीबार बम विस्फोट भएको छ । लाहौरको लाहौरी क्षेत्रमा विस्फोट हुँदा २ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

भारतमा विस्फोट : दुईजनाको मृत्यु भएको

लुधियाना : भारतको पञ्जाब प्रान्तको लुधियाना शहरमा अवस्थित अदालतभित्र बम विस्फोट भएको छ। विस्फोटमा दुईजनाको मृत्यु भएको बताइएको छ भने कैयौँ व्यक्ति घाइते भएका छन्।अदालत परिसरको दोस्रो तलामा विस्फोट भएको हो। विस्फोटबाट अदालत भवनको भित्ता भत्किएको छ।अदालत परिसरको शौचालयमा विस्फोट भएको थियो। बिहीबार दिउँसो स्थानीय समय साढे १२ बजेर विस्फोट भएको थियो। विस्फोटपछि अदालत परिसरमा अस्तव्यस्त भएको थियो। विस्फोट कसले गराएको भन्ने बारेमा केही खुलाइएको छैन। घटनाबारे प्रहरीले थप अनुसन्धान गर

सेरालियोनमा तेल ट्यांकर विस्फोट हुँदा ९१ जनाको मृत्यु

सेरालियोनमा तेल ट्याङ्कर विस्फोट हुँदा कम्तिमा ९१ जनाको मृत्यु भएको छ। राजधानी फ्रिटोनमा ट्याङ्कर विस्फोट भएको हो। विस्टोटमा ठूलो संख्यामा मानिसहरु घाइते भएको र मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरुले...

काबुलमा विस्फोट : पाँच जनाको मृत्यु

एजेन्सी। अफगानिस्तानको राजधानी काबुलको दुई फरक क्षेत्रमा शनिबार अपराह्नमा भएको बिस्फोटमा परी पाँच जनाको मृत्यु भएको छ। काबुलको दासत इ बार्ची क्षेत्रमा पहिलो विस्फोट भएको थियो। त्यसको करिब आधा घण्टापछि अलि जिनाह अस्पतालकोनजिकै अर्को विस्फोट भएको टोलो समाचार समितिले जनाएको छ। घटनामा परी अन्य केही व्यक्ति गम्भीर घाइते हुँदा संख्या बढ्न सक्ने त्यहाँको गृह मन्त्रालयले जनाएको छ।

काबुलमा विस्फोट पाँच व्यक्तिको मृत्यु

२९ जेठ : अफगानिस्तानको राजधानी काबुलको दुई फरक क्षेत्रमा शनिबार अपराह्नमा भएको विस्फोटमा परी पाँच व्यक्तिको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । काबुलको दासत इ बार्ची क्षेत्रमा पहिलो विस्फोट भएको थियो । यसको करिब आधा घण्टापछि अलि जिनाह अस्पतालकोनजिकै अर्को विस्फोट भएको टोलो समाचार समितिले जनाएको छ । यस घटनामा परी अन्य केही व्यक्ति […]