गृहमन्त्री खाँण र प्रकाण्डबीच भेटवार्ता, पूर्व सहमति कार्यान्वयन र बन्दी रिहाइबारे छलफल

काठमाडौं, जेठ २५। नेत्रविक्रमचन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’ र गृहमन्त्री बालकृष्ण खाँणबीच भेटवार्ता भएको छ । गृहमन्त्री खाण र प्रकाण्डबीच आज बिहान गृहमन्त्रालयमा भेटवार्ता भएको हो । उक्त भेटवार्तामा यसअघि सरकारसँग भएका सहमति कार्यान्वयन गर्नुपर्ने र बन्दीहरुको रिहाई लगायतका विषयमा छलफल भएको छ ।

सम्बन्धित सामग्री

गृहमन्त्री खाँण र विप्लव नेतृत्वको नेकपाका प्रवक्ता प्रकाण्डबीच भेटवार्ता

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण र नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्कबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’बीच भेटवार्ता भएको छ । आज (बिहीबार) दिउँसो गृहमन्त्रीसहित सरकारका केही पदाधिकारी र प्रकाण्डबीच भेटवार्ता भएको हो । भेटमा सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच भएको सहमति कार्यान्वयन गर्ने विषयमा वार्ता भएको छ । गृह मन्त्रालयमा भएको भेटवार्तामा सरकारका तर्फबाट गृहमन्त्री […]

विप्लव समूहसँग भएकाे सहमति कार्यान्वयन गर्न सरकार तयार छ : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग तत्कालीन ओली सरकारले गरेको तीनबुँदे सहमति कार्यान्वयन गर्न सरकार तयार रहेको बताएका छन् ।

गृहमन्त्री खाँण र नेकपाका विश्वकर्माबीच भेटवार्ता

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँण र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माबीच भेट भएको छ । आज गृहमन्त्रालयमा भएको भेटवार्तामा नेता विश्वकर्माले गृहमन्त्री खाँणलाई आफूहरूसँग विगतमा भएको सहमति कार्यान्वयन गर्न आग्रह गरेका छन् । २०७७ सालमा सरकार र नेकपाबीच तीनबुँदे सहमति भएको थियो । यही सहमतिम कार्यान्वयनको माग गर्दै केही दिनदेखि विप्लवसहित […]

चन्द समूहका कार्यकर्ताको मुद्दा फिर्ता कानुनी प्रक्रियाबाटै : गृहमन्त्री खाँण

कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँणले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका थुनामा रहेका नेता/कार्यकर्ता रिहाइ र मुद्दा फिर्ता कानुनी प्रक्रियाबाटै हुनुपर्ने बताएका छन् । चन्द समूहसँग अघिल्लो सरकारले गरेको तीनबुँदे सहमति कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको र सहमतिमा उल्लेखित विषय कानुनी प्रक्रियाबाटै समाधान खोज्नुपर्ने उनको भनाइ छ ।

३ बुँदे सहमति कार्यान्वयन गर्न गृहमन्त्री खाँण र प्रकाण्डबीच भेटवार्ता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाल सरकारबीच भएको ३ बुँदे सहमतिको कार्यान्वयन गर्ने विषयमा गृहमन्त्री बालकृष्ण खाँण र नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’बीच भेटवार्ता भएको छ । सामाजिक सञ्जालमार्फत भेटवार्ताबारे जानकारी गराउँदै प्रवक्ता प्रकाण्डले सरकारका सम्बन्धित निकायहरू र नेकपाबीच भेटवार्ता भएको जनाएका छन् । नेकपाले सहमति कार्यान्वयनका लागि खबरदारी गर्दै आएको छ ।

तीन बुँदे सहमति कार्यान्वयन गर्न सरकार–नेकपा छलफलमा

गृहमन्त्री बालकृष्ण खाँण र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबिच तीन बुँदे सहमति कार्यान्वयन गर्ने सन्दर्भमा छलफल भइरहेको छ । सरकारका तर्फबाट गृहमन्त्री खाँण, गृह सचिव टेकनारायण पाण्डे, कानुन सचिव उदयराज सापकोटा र महान्यायाधिवक्ता खम्बबहादुर खाती तथा नेकपाका तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा र विद्यार्थी नेता नरेन्द्र विश्वकर्मा छलफलमा छन् । सरकार र नेकपाबीच गत फागुन २१ मा तीन बुँदे सहमति  भएको थियो ।