नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाल सरकारबीच भएको ३ बुँदे सहमतिको कार्यान्वयन गर्ने विषयमा गृहमन्त्री बालकृष्ण खाँण र नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’बीच भेटवार्ता भएको छ ।
सामाजिक सञ्जालमार्फत भेटवार्ताबारे जानकारी गराउँदै प्रवक्ता प्रकाण्डले सरकारका सम्बन्धित निकायहरू र नेकपाबीच भेटवार्ता भएको जनाएका छन् ।
नेकपाले सहमति कार्यान्वयनका लागि खबरदारी गर्दै आएको छ ।