गृहमन्त्री बालकृष्ण खाँण र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबिच तीन बुँदे सहमति कार्यान्वयन गर्ने सन्दर्भमा छलफल भइरहेको छ । सरकारका तर्फबाट गृहमन्त्री खाँण, गृह सचिव टेकनारायण पाण्डे, कानुन सचिव उदयराज सापकोटा र महान्यायाधिवक्ता खम्बबहादुर खाती तथा नेकपाका तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा र विद्यार्थी नेता नरेन्द्र विश्वकर्मा छलफलमा छन् । सरकार र नेकपाबीच गत फागुन २१ मा तीन बुँदे सहमति भएको थियो ।