चितवन- भरतपुर कारागारमा कैदीबन्दी सुत्ने ठाउँको अभावमा त्रिपालमुनि राख्नु परेपछि उनीहरूलाई स्थानान्तरण गरिएको छ। क्षमताभन्दा अधिक सङ्ख्यामा कैदीबन्दी रहेपछि उनीहरूलाई स्थानान्तरण गरिएको हो। कारागारका प्रमुख कमलप्रसाद आचार्यका अनुसार २८० जनाको क्षमता रहेको कारागारमा ७६५ कैदीबन्दी रहेका थिए। तीमध्ये दुई आश्रित बालिका छन्। कारागारभित्र नअटेपछि उनीहरूलाई बरण्डामा त्रिपाल टाँगेर राखिएको थियो। आचार्यका अनुसार निकै कठिन भएपछि […]