जिल्ला कारागार कञ्चनपुरबाट २८ कैदीबन्दीलाई बुधवार स्थानान्तरण गरिएको छ ।
कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि अन्य जिल्ला स्थानान्तरण गरिएको हो ।
कारागार कार्यालयका प्रमुख मायाकुमारी थापा बस्नेतका अनुसार १० जनालाई कैलाली, १० जनालाई डडेल्धुरा र ८ जनालाई दार्चुला कारागारमा स्थानान्तरण गरिएको छ ।
‘कैदीबन्दीलाई खान बस्नसमेत समस्या भएपछि अन्यत्र स्थानान्तरण गरेका छौं,’ उनले भनिन्, ‘टिनसेट, त्रिपाल र बरण्डामा राखिएका कैदीबन्दीलाई बस्नै अप्ठ्यारो भयो, त्यही भएर अन्यत्र पठाएका हौं ।&rsq...