‘हामीले गत शुक्रबारदेखि नै दुई दिन बिराएर उखु पेलेर चिनी उत्पादन गर्दछौँ,’ शुक्ला भन्छन्, ‘यसले चिनी उत्पादनको परिमाण घटेसँगै उद्योगले दैनिक लाखौँ घाटा व्यहोर्नु परेको छ।’...
उखुको अभावमा सर्लाही र महोत्तरीमा रहेका चिनी उद्योग बन्द हुने अवस्थामा पुगेको छ । आवश्यकता अनुसार उखु उपलब्ध नहुँदा ‘नो क्यान’ चिनी उद्योगहरू बन्द हुन थालेका छन् । सर्लाहीको गोडैतास्थित महालक्ष्मी चिनी उद्योग उखु अभावका कारण बन्द भएको छ । उद्योगमा आएका १२ लाख ३९ हजार क्विन्टल उखु पेलेर उद्योग बन्द गरिएको उद्योगका उखु प्रबन्धक पवन सिंहले बताउनुभयो । “उखु अभाव भएपछि आइतबार रातिदेखि उद्योग बन्द गरिसकेका छौँ,” उखु प्रबन्धक सिंहले भन्नुभयो । यता हरिवनस्थित इन्दुशङ्कर चिनी उद्योग पनि ‘नो क्यान’ मा सञ्चालन भइरहेको छ । किसानले उद्योगमा उखु ल्याउन छाडेपछि यस्तो अवस्था आएको हो । चार दिनदेखि उद्योगमा ‘नो क्यान’ सुरु भएको उद्योगका उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिनुभयो । “विगत चार दिनदेखि उद्योगलाई चाहिएजति उखु आउन छाडेको छ,” उखु प्रबन्धक रजकले भन्नुभयो, “उखुको अभाव भएपछि उखु क्रसिङ गर्ने दुई वटा मिलमध्ये एउटा ठुलो मिल मात्रै सञ्चालन गरेका छौँ ।” इन्दुशङ्करसँग दैनिक ३५ हजार क्विन्टल र १५ हजार क्विन्टल उखु क्रसिङ गर्ने क्षमता भएका दुई वटा मिल छन् । त्यसमध्ये ३५ हजार क्विन्टल क्षमताको मिल सञ्चालन गरिरहेको उद्योगले जनाएको छ ।
पश्चिम नवलपरासीका चिनी उद्योगलाई उखु अभाव भएको छ । लामो समयसम्म उखुको भुक्तानी नपाएपछि किसानहरु वैकल्पिक खेतीमा लागेपछि उद्योगलाई उखु अभाव भएको हो । उखु अभावका कारण यहाँका चिनी उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेका छैनन् । जिल्लामा उत्पादन घटेपछि अन्य जिल्लाबाट उखु ल्याउनुपर्दा लागत बढेको उद्योगीले बताएका छन् । पश्चिम नवलपरासीमा उखु उत्पादनमा अपेक्षित …
पश्चिम नवलपरासीका दुई चिनी उद्योग सञ्चालनमा आएका छन् भने एउटा सञ्चालनको तयारीमा रहेको छ । प्रतापपुर गाउँपालिकाको इन्दिरा खाडसारी तथा चिनी उद्योग मङ्सिरको दोस्रो हप्तादेखि र सुस्ता गाउँपालिकाको कुडियामा रहेको बागमती चिनी उद्योग मङ्सिर २५ गतेदेखि सञ्चालनमा आएका हुन् । सुनवलको लुम्बिनी चिनी उद्योग सञ्चालनको तयारीमा रहेको लुम्बिनी चिनी उद्योग, उखु शाखाका प्रमुख केडी प्रसादले बताउनुभयो ।
उखु अभाव भएपछि सर्लाहीका दुईवटा चिनी उद्योग यो वर्ष बेलैमा बन्द भएका छन् । जिल्लाको महालक्ष्मी चिनी उद्योग बगदह र अन्नपूर्ण चिनी उद्योग धनकौल छोटो समय सञ्चालन भएर बन्द भएका हुन् । भारतीय सीमावर्ती क्षेत्र नजिकै रहेको महालक्ष्मी चिनी उद्योग बगदह यो वर्ष आठ लाख ३८ हजार क्विन्टल उखु पेलेर सोमबारदेखि बन्द गरिएको उद्योगका उखु प्रबन्धक शियाराम साहले जानकारी दिनुभयो ।
सर्लाही – सर्लाहीका किसानले अहिलेसम्म झन्डै ४५ प्रतिशत उखु उद्योगलाई बिक्री गरेका छन् । यस सिजनमा उत्पादन भएको उखु किसानले हरिवनको इन्दुशंकर चिनी उद्योग, बगदहमा रहेको महालक्ष्मी सुगर मिल र महोत्तरीको एभरेस्ट सुगर मिलमा उखु बिक्री गरेका हुन् ।
सर्लाहीको हरिवनमा रहेको इन्दुशंकर चिनी कारखानाले अहिलेसम्म ११ लाख ५० हजार क्विन्टल उखु क्रसिङ गरेको छ । उद्योगले यस क्रसिङ सिजनमा झन्डै २५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको भए पनि उखु अभाव भएकाले लक्ष्यअनुसारको क्रसिङ गर्न नसकिने जनाएको छ । उद्योगले माघ १५ सम्मक...
सर्लाहीका चिनी उद्योगलाई उखुको अभाव हुन थालेको बताइएको छ । तर किसानले भने स्थानीयको पैसा भुक्तानी समयमा नदिइ भारतबाट उखु ल्याउने गरेको आरोप लगाएका छन् ।
जिल्लाका इन्दुशङ्कर चिनी उद्योग हरिवन र महालक्ष्मी चिनी उद्योग गोडैता ‘नो क्यान’ मा चलिरहेका छन् । किसानले उद्योगमा उखु ल्याउन छाडेपछि यो अवस्था आएको हो ।
दक्षिण सीमावर्ती क्षेत्रमा पर्ने महालक्ष्मी चिनी उद्योग गोडैता अहिले भारतीय उखुको भरमा चलिरहेको छ । उद्योगले दलालमार्फत तुरुन्त पैसा तिरेर अवैध किसिमले भारतीय उखु ल्याइरहेको तर आफूहरूले बेचेको उखुको भुक्तानी गर्न चासो नदिएको स्थानीय किसानले गुनासो गरेका छन् ।
उखु किसानको मेहेनतको मूल्य चिनी उद्योगहरुले नदिने गरेपछि उनीहरु उखुको भुक्तानीका लागि हरेक वर्ष आन्दोलित हुनुपर्ने बाध्यता छ । पछिल्लो समय महोत्तरीका किसानले क्रमशः उखुखेती छाड्दै गएका र ‘नो केन’ (उखु अभाव)ले चिनी उद्योग क्षेत्र सुनसान जस्तै बनेको छ ।