उखु किसानको पलायनपछि ‘नो केन’ले सुनसान चिनी उद्योग

उखु किसानको मेहेनतको मूल्य चिनी उद्योगहरुले नदिने गरेपछि उनीहरु उखुको भुक्तानीका लागि हरेक वर्ष आन्दोलित हुनुपर्ने बाध्यता छ । पछिल्लो समय महोत्तरीका किसानले क्रमशः उखुखेती छाड्दै गएका र ‘नो केन’ (उखु अभाव)ले चिनी उद्योग क्षेत्र सुनसान जस्तै बनेको छ ।