काठमाण्डाै – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारले देशकाे अर्थतन्त्रको माग र समयअनुसार मौद्रिक नीति आउने दाबी गर्नुभएको छ ।
आज आइतवार काठमाण्डाैमा नेपाल उद्योग वाणिज्य महासङ्घले आउँदाे आर्थिक वर्षकाे मौद्रिक नीतिका विषयमा आयाेजना गरेकाे कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्ताे बताउनुभएको हो । उहाँले देशकाे अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेकाले चुनौतीपूर्ण अर्थतन्त्र र बाह्य क्षेत्र व्यवस्थापन गर्ने गरी नीति आउने बताउनुभयो ।
गभर्नर वा निजी क्षेत्रको मागभन्दा पनि देशकाे अर्थतन्त्रको मागलाई सम्बोधन गरी ...