दिमाग भुत्ते बनाउँछन् यी खराब बानीले, तत्कालै छाड्नुस्

दिमाग अर्थात् मस्तिष्कले शरीरलाई नियन्त्रणमा राख्ने काम गर्छ । दिमाग स्वस्थ भएमा काम गर्न सकिन्छ । तर आजकलको जीवनशैलीका कारण मस्तिष्कले पूर्ण पोषण पाइरहेको छैन । त्यसले गर्दा दिमागका कोशिकाहरूले काम गर्न सकिरहेका हुँदैनन् ।  स्वास्थ्यविद्हरू केही यस्ता बानीको चर्चा गर्छन् जसलाई त्यागेमा मात्र दिमाग फुर्तिलो हुन्छ ।  भरपूर निद्रा नपुग्ने मज्जाले नसुतेमा मस्तिष्कमा नराम्रो असर पर्छ । यसो हुँदा मस्तिष्कका कोशिकाहरूले आराम पाउँदैनन् । दिनभरि थकान, कमजोरी र आलस्यको अनुभव हुन्छ । राति सुत्दा मुख छोपेमा पूरा अक्सिजन पनि प...