मणिपुर हिंसालाई लिएर राष्ट्रसङ्घमा भारतको आलोचना

मणिपुर हिंसालाई लिएर संयुक्त राष्ट्रसङ्घमा भारतको आलोचना भएको छ । संयुक्त राष्ट्रसङ्घका विज्ञहरूले मणिपुरमा भएका हिंसात्मक घटना एवं यौनलगायत अन्य दुव्र्यवहार नियन्त्रण गर्न भारतले गम्भीर भएर प्रतिकार्य नगरेको भन्दै केन्द्रीय नेतृत्वको आलोचना गरेका हुन् । भारतको उत्तरपूर्वी राज्यमा जातीय द्वन्द्वका बीच यौन हिंसासहित मानव अधिकार उल्लङ्घनका गम्भीर घटना भएका र तिनलाई नियन्त्रण गर्न तथा दोषीमाथि …

सम्बन्धित सामग्री

५ महिनादेखि अशान्त मणिपुर

पूर्वोत्तर भारतको मणिपुर राज्यमा मैतेई र कुकी जातिबीच हिंसा भड्किएको ५ महिना पुगेको छ । तर, यति लामो अवधिमा पनि त्यहाँ हिंसा रोकिएको छैन । मणिपुरमा शान्ति कायम गर्न असफल भएको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारको आलोचना भएको छ ।

मणिपुर घटनालाई लिएर भारतीय प्रहरीले गर्दैछ छानबिनको सामना

मणिपुरमा २ महिलाको बलात्कारपछि नग्न रुपमा सडकमा घुमाउँदा समेत मुकदर्शक बनेको भन्दै भारतीय प्रहरीमाथि छानबिन हुने भएको छ । मे महिनाको चार तारेखमा भएको घटनाको भिडियो हालमात्रै भाइरल भएको थियो । घटनाबारे जाहेरी परेपनि प्रहरीले अनुसन्धान नबढाएपछि भारतीय प्रहरीको विश्वभर आलोचना भएको छ । घटना भएकै भोलिपल्ट उजुरी परेपनि छानबिनमा ढिलाइ भएको सार्वजनिक भएसँगै भारतीय […]

मणिपुर हिंसाः दुई महिलालाई निर्वस्त्र घुमाएको भिडियोले भारतमा आक्रोश

भारतको मणिपुरमा मैतेई र कुकी समुदायबीचको साम्प्रदायिक भिड्न्त विगत केही महिनायता निरन्तर छ। संघर्षबीच बुधबार मणिपुरमा दुई महिलामाथि भएको हिंस्रक यौन उत्पीडनको भयावह भिडियो सार्वजनिक भएसँगै यसले सिंगो भारत मात्र नभइ विश्वभर भारतको आलोचना सुरु भएको छ। बिहीबार प्रधानमन्त्री नरेन्द्र मोदीले संसद्को नयाँ सत्र सुरु हुनुअघि सञ्चारमाध्यामसँग कुरा गर्दै मणिपुर घटनाको उक्त भिडियोले सिंगो भारतको […]

पाँच विधानसभामा पराजय पछि कांग्रेसमा हलचल, सोनियाले बोलाइन् कार्यसमिति बैठक

भारतीय राष्ट्रिय कांग्रेसले पाँचवटा विधानसभा निर्वाचनमा भएको हारको समीक्षा गर्दैछ। उत्तर प्रदेश, उत्तराखण्ड, मणिपुर, गोवा र पंजाबमा नराम्रो पराजय पछि कांग्रेसको शीर्ष नेतृत्वको आलोचना भइरहेको छ। कांग्रेस नेताहरुले पार्टीमा नेतृत्व परिवर्तनको माग गरिरहेका छन्। अहिले कांग्रेसको कार्यवाहक अध्यक्ष सोनिया गान्धी हुन्। यसअघि राहुल गान्धीलाई अध्यक्ष बनाइएको थियो। लोकसभा निर्वाचनमा पराजयपछि…