यतिबेला भारतको मणिपुरमा दंगाकारीहरूले महिलालाई निर्वस्त्र घुमाएको घटनाले सर्वत्र आलोचना भइरहेको छ। उक्त घटनाका दुई पीडित महिलामध्ये एकका पति सेनामा सुवेदार भएको बताइएको छ। उनले कारगिल युद्धमा देशलाई शत्रुहरूबाट बचाए पनि दंगाकारीहरूबाट आफ्नो श्रीमतीको इज्जत बचाउन नसकेकाेमा गुनासाे गरेका छन्। पीडित महिलाका पति असम राइफल्समा थिए।उनले भने, ‘हजार मानिसको भीडले गाउँमा आक्रमण गरेको थियो। मैले मेरी श्रीमती र गाउँलेहरूलाई भीडबाट बचाउन सकिन। प्रहरीले पनि सुरक