भारतीय राष्ट्रिय कांग्रेसले पाँचवटा विधानसभा निर्वाचनमा भएको हारको समीक्षा गर्दैछ। उत्तर प्रदेश, उत्तराखण्ड, मणिपुर, गोवा र पंजाबमा नराम्रो पराजय पछि कांग्रेसको शीर्ष नेतृत्वको आलोचना भइरहेको छ। कांग्रेस नेताहरुले पार्टीमा नेतृत्व परिवर्तनको माग गरिरहेका छन्।
अहिले कांग्रेसको कार्यवाहक अध्यक्ष सोनिया गान्धी हुन्। यसअघि राहुल गान्धीलाई अध्यक्ष बनाइएको थियो। लोकसभा निर्वाचनमा पराजयपछि…