-पवन यादवनेपाल रेल्वे कम्पनी जनकपुर स्टेशनका टिकट सेलर विवेकानन्द यादवले अहिलेसम्म चार पटकमात्र रेल चढेका छन् । त्यो पनि नेपालमा होइन, भारतको दरभंगा पुगेर । भारतको तीर्थस्थल घुम्न जाने क्रममा रेल चढ्न पाएको उनले सुनाए । ‘मलाई रेल सम्बन्धमा सानैदेखि चासो थियो,’ उनले भने, ‘बुढापाकाबाट रेलको कथा सुन्दै आएको थिएँ ।’अरुले कटाइदिएको टिकटमा अहिलेसम्म यात्रा गरेका उनी अब नेपाल रेलवे कम्पनीको कर्मचारी बनेर रेलको टिकट काट्ने जिम्मेवारीमा छन् ।त्यसो त, जनकपुर–जयनगर रुटमा पहिला