काठमाडौं : काभ्रेको अग्लो भेग महाभारत पहाडको उच्च भागमा परेको हिउँ अझै पग्लिएको छैन। बिहीबार रातिदेखि शनिबार बिहानसम्म परेको हिउँ खेल्न डाँडाकाँडामा युवाहरुको भीड लागेको छ।
जिल्लाकै अग्लो भाग बेथानचोक गाउँपालिकाको बेथानचोक नारायणस्थानडाँडा हिउँले झपक्कै ढाकेको छ। हिउँ परेका कारण बारीमा पाक्दै गरेको अन्नबाली नष्ट भए पनि अब लगाउने अन्नबाली…