नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठकले पार्टीको अबको सम्पूर्ण ध्यान दशौँ राष्ट्रिय महाधिवेशनमा केन्द्रित गर्ने निर्णयसहित महाधिवेशनका लागि गठित मूल व्यवस्थापन समितिलाई २१ सदस्यबाट बढाएर २३ सदस्यीय बनाइएको छ ।
पार्टीका नेता रामबहादुर थापा ‘बादल’ संयोजक रहेको सो समितिमा स्थायी कमिटीका सदस्य रघुजी पन्त र केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङ थपिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । मूल व्यवस्थापन समिति मातहत प्रतिनिधि व्यवस्थापन, खाद्यान्न, यातायात, मञ्च व्यवस्थापन, प्रचार प्रसारलगायत अन्य उपसमिति पनि गठन ग...