काेभिड १९ (कोरोना भाइरस) को सङ्क्रमण दर फेरि बढ्न थालेको भन्दै विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले सतर्क रहन आग्रह गरेको छ ।
विश्वका कतिपय देशमा सङ्क्रमण दर बढ्न थालेको भन्दै सङ्गठनले कोरोना भाइरसप्रति सजग भनेको हो । एक महिना जति कोरोना सङ्क्रमण दरमा कमी आएको भए पनि पछिल्लो हप्ता केही देशमा फेरि बढ्न थालेको छ ।
सङ्गठनका प्रमुख डा. टेड्रोस अदानोम गेब्रिएसएसले कतिपय देशमा परीक्षण कम भएकाले कोरोना सङ्क्रमितको सङ्ख्या पनि कम देखिएको हुन सक्ने भएकाले त्यो झन् घातक हुन सक्ने बताउनुभयो । सङ्गठनका अनुसार कतिपय द...