काठमाण्डाै - कोरोना सङ्क्रमण फेरि बढ्न थालेकाले सावधानी अपनाउन विज्ञहरुले आग्रह गरेका छन्। आमनागरिकले स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न तथा सरकारले अस्पतालहरुमा भौतिक पूर्वाधार, परीक्षण तथा जनचेतना बढाउनुपर्ने विज्ञहरुको सुझाव छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक एवं जनस्वास्थ्यविद् डाक्टर वासुदेव पाण्डेकाअनुसार सम्भावित तेस्रो लहरको जोखिम नियन्त्रणको लागि अहिलेको तयारी अपर्याप्त छ ।
अस्पतालहरुमा अक्सिजनलगायत अरु पूर्वाधारको व्यवस्थासँगै नाकाहरुमा परीक्षण बढाउन र खोप अभियानलाई व्यापक ...