कोरोना सङ्क्रमण दर फेरि ४ प्रतिशतभन्दा माथि, सक्रिय सङ्क्रमित ५ हजार जनाभन्दा धेरै

काठमाण्डाै – नेपालमा कोरोना सङ्क्रमण दर फेरि बढेको छ । पछिल्लो २४ घण्टामा नौ हजार तीन सय २९ जनाको नमुना परीक्षण गर्दा तीन सय ९३ जनामा सङ्क्रमण पुष्टि भएको छ । २४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये चार दशमलव २१ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो । पछिल्ला केही हप्तायता सङ्क्रमण दर दुई प्रतिशतको हाराहारीमै रहेकोमा फेरि बढ्न थालेको हो । यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या फेरि पाँच हजार नाघेको छ । कोरोनाको दोस्रो लहर सुरु भएयता पहिलो पटक यही पुसको १० गते सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजारभन्दा तल झरे...

सम्बन्धित सामग्री

दुई हजार बढी सक्रिय सङ्क्रमित

पछिल्लो समय कोरोना सङ्क्रमण विस्तारै ओरालो लाग्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्राप्त तथ्याङ्कअनुसार कोरोना भाइरसको सङ्क्रमण दर लगातार घटिरहेको छ । मन्त्रालयका अनुसार आज एक सय १९ जनामा सङ्क्रमण पुष्टि भएको छ । चार हजार ८४ नमूनाको परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । आज एक सय ३० …

थपिएन कोरोनाकालका स्वास्थ्यकर्मीको म्याद

कोरोनाको चौथो लहरको पूर्व रूपको सङ्केत गर्दै सङ्क्रमण दर दैनिक बढ्दैछ । मङ्गलबार मात्र ८१४ जनामा कोरोना सङ्क्रमण थपिएको छ । साउन लागेयता १६ जनाको मृत्यु भइसकेको छ । सक्रिय सङ्क्रमित पाँच हजार नाघेका छन् । अवस्था यस्तो रहँदै गर्दा यसअघि  कोरोनाकालमा करारमा राखिएका स्वास्थ्यकर्मीको म्याद भने थपिएको छैन ।तलब खुवाउन समस्या भएको भन्दै सरकारले गत असार ३१ गते निर्णय गरी यही साउन १ देखि नै त्यस्ता स्वास्थ्यकर्मीको म्याद नथपेको हो । त्यसको असर मुख्य अस्पतालमै आईसीयू र भेन्टिलेटर सञ्चालनमा समस्य

प्रदेश १ मा कोरोना सङ्क्रमण दर उकालो लाग्दै, अस्पताल भर्ना हुने बढे

पछिल्ला केही दिन यता मुलुकभर कोरोना सङ्क्रमणको दर बढेसँगै प्रदेश १ मा पनि सक्रिय सङ्क्रमण दर उकालो लागेको छ । पछिल्लो एक साताको अवधिमा ११७ सक्रिय सङ्क्रमित रहेकोमा यो दर बढेर शनिबारसम्म आइपुग्दा १९२ पुगेको छ । सङ्क्रमितको दर बिस्तारै बढेसँगै अस्पताल भर्ना हुने सङ्क्रमितको दर पनि बढेको प्रदेश १ को सामाजिक विकास मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।प्रदेश १ मा अति नै न्यून सङ्ख्यामा पीसीआर परीक्षण हुँदै आएकाले पनि सङ्क्रमितको सङ्ख्या थोरै देखिएको छ। शनिवार प्रदेश भरी जम्मा १ सय ६८ जनाको मात्र पी

नेपालमा कोरोना सङ्क्रमण दर १८ प्रतिशत,आठ जिल्ला उच्च जोखिममा

पछिल्लो २४ घण्टामा एक हजार ३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १० हजार ८७४ जनामा आज कोरोना परीक्षण गरिएको थियो । देशभर सक्रिय सङ्क्रमित १६ हजार ६०६ छन् । नेपालमा सङ्क्रमण दर १८.८ प्रतिशत छ । पाँचसय भन्दा बढी सङ्क्रमित भएका जिल्ला आठ र २०० […]

ताप्लेजुङमा कोरोना सङ्क्रमण दरमा कमी

पछिल्लो समय जिल्लामा कोभिड– १९ सङ्क्रमण दर  घट्दै गएको छ । हाल जिल्लामा सक्रिय सङ्क्रमित १०० भन्दा कम छन् । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार पछिल्ला दिनमा सङ्क्रमित हुने भन्दा निको हुनेको सङ्ख्या धेरै छन् । कोरोना विरुद्धको खोप, लामो समयसम्म जारी गरिएको निषेधाज्ञा  र  जनस्वास्थ्य मापदण्डका कारण सङ्क्रमणको दर घट्दै गएको उनको भनाइ छ । मङ्गलबारसम्म जिल्लाभर पिसिआर र एन्टिजेन परीक्षणबाट दुई हजार ४८७ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने निको हुनेको सङ्ख्या दुई हजार

ताप्लेजुङमा कोरोना सङ्क्रमण दर घट्दै

ताप्लेजुङ । पछिल्लो समय जिल्लामा कोभिड– १९ सङ्क्रमण दर घट्दै गएको छ । हाल जिल्लामा सक्रिय सङ्क्रमित १०० भन्दा कम छन् । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार पछिल्ला दिनमा सङ्क्रमित हुने भन्दा निको हुनेको सङ्ख्या धेरै छन् । कोरोना विरुद्धको खोप, लामो समयसम्म जारी गरिएको निषेधाज्ञा र जनस्वास्थ्य मापदण्डका कारण सङ्क्रमणको दर घट्दै गएको […]

काभ्रेमा चार तहमा चार कोरोना सङ्क्रमित

काभ्रे, २३ भदौ । जिल्लामा पछिल्लो हप्ता दैनिक कोरोना सङ्क्रमण दर घटिरहेको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र ९डिसिसीएमसी०को तथ्याङ्कले देखाएको छ । काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये चार गाउँपालिकामा एक÷एक सक्रिय सङ्क्रमित रहेका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या बढिरहेको देखिएको छ । केन्द्रका अनुसार पछिल्लो २४ घण्टामा भने २४ सङ्क्रमित देखिएको छन् […]

सुदूरपश्चिममा १८ जना सक्रिय सङ्क्रमित

सुदूरपश्चिम प्रदेशमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या घटेको छ । पछिल्लो समय कोरोना सङ्क्रमण दर घटेसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घटेको हो । यो प्रदेशमा अब १८ जना मात्रै सक्रिय सङ्क्रमित रहेको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ । सो कार्यालयका अनुसार कैलालीमा ११ र कञ्चनपुरमा सात जना सक्रिय सङ्क्रमित रहेका छन् । पहाडका सात जिल्ला सक्रिय सङ्क्रमितमुक्त छ ।