चीनमा कोरोना सङ्क्रमण फैलिँदै : बेइजिङका नागरिकलाई कोभिड परीक्षण गर्न आग्रह

चीनमा कोरोना भाइरसको सङ्क्रमण फैलँदै गएको छ । सङ्क्रमण बढ्न थालेपछि राजधानी बेइजिङका नागरिकलाई सरकारले कोभिड परीक्षण गर्न आग्रह गरेको छ । बेइजिङका स्थानीयले सार्वजनिक ठाउँमा प्रवेश पाउन सङ्क्रमण नरहेको प्रमाण देखाउनुपर्नेछ । बेइजिङको सबैभन्दा धेरै जनसङ्ख्या भएको चाउयाङ इलाकामा यसअघि नै व्यापक परीक्षण थालिएको छ । बेइजिङको जनसङ्ख्या दुई करोड १० लाख छ । सङ्क्रमण बढ्न थालेपछि पुनः लकडाउन हुन सक्ने आशङ्कामा मानिसहरू अत्यावश्यक सामग्रीको किनमेलमा जुटेका छन् । चीनका ४६ सहरमा अहिले पनि आंशिक वा पूर्ण लकडाउन छ । दुई करोड ५०...