मुगुका होमस्टे पर्यटनको पर्खाइमा

मुगु  ।  मुगु भन्ने बित्तिकै पर्यटकीय सम्भावना बोकेको जिल्ला र रैथाने अर्गानिक बाली उत्पादन हुने ठाउँ भनेर धेरैले चिन्छन् । मुगु आउनले पर्यटक यहाँका रमणीय पर्यटकीयस्थल घुमेर अघाउँदैनन् । रैथाने खाद्यान्नको स्वाद जीवनभरका लागि बोकेर फर्कन्छन् ।मुगु आउने पर्यटक रारा ताललाई प्राथमिकतामा राखेर आए पनि फर्कने बेला भनेर मुगुको अर्कै तस्विर बोकेर फर्कन्छन् । यहाँ […]

सम्बन्धित सामग्री

पाहुनाको पर्खाइमा होमस्टे

धनगढी उपमहानगरपालिका–१६ स्थित थारू होमस्टे सोचे अनुसार फस्टाउन सकेको छैन । कालोपत्रे सडक, यातायात, खानेपानीको असुविधादेखि लिएर व्यवस्थापकीय कमीका कारण अपेक्षा अनुसार होमस्टे फस्टाउन नसकेको हो । कला, संस्कृतिको संरक्षण गर्ने र धेरैभन्दा धेरै पर्यटक भित्र्याउने लक्ष्यका साथ नेपाल भ्रमण वर्ष सन् २०११ को अवसर पारेर भादा गाउँमा होमस्टे सञ्चालन गरिएको थियो ।

पाहुनाको पर्खाइमा थारू होमस्टे

कैलालीको लम्कीचुहा–३, बल्चौरमा रहेको बसेरा सामुदायिक थारू होमस्टे सञ्चालनमा आए पनि उचित प्रचारप्रसारको अभावमा पर्यटक तान्न सकेको छैन । सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार चिसापानीदेखि पाँच किलोमिटर पश्चिममा रहेको सो होमस्टे सञ्चालनमा आएको पाँच वर्ष बितिसकेको छ । करिब ३५० थारू समुदायको घरपरिवार रहेको बल्चौरमा अवस्थित बसेरा होमस्टे पाहुनाको पर्खाइमा रहेको सञ्चालक बताउँछन् । मनग्गे लगानी गरेर सुविधासम्पन्न होमस्टे निर्माण गर्नुभएका सञ्चालक किशोर चौधरीलाई लगानी कसरी उठाउने भन्ने चिन्ताले पिरोलेको छ ।

पाहुनाको पर्खाइमा बाँकेका होमस्टे

राँझा (बाँके), १५ भदौ । वर्षायामसँगै सुनसान बनेका बाँकेका होमस्टे (घरबास) आन्तरिक पर्यटकको पर्खाइमा छन् । पाहुनाको आगामन नभएपछि यतिबेला होमस्टे सञ्चालक फुर्सदिला भएका छन् । वर्षा लागेपछि पाहुना आउने क्रम कम हुँदै गएको बाँकेको राप्ती सोनारी गाउँपालिका–८ नयाँगाउँमा होमस्टे सञ्चालन गर्दै आएकी शोभी थारूले बताइन् । “अरु बेला त भीडभाड नै हुन्छ, तर वर्षायामको […]

पर्यटक पर्खाइमा लमजुङको पसगाउँ

भौगोलिक विकटताका बाबजुत पनि लमजुङको क्होलासोँथार गाउँपालिका–६, पसगाउँमा दैनिक आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन उत्साहजनक थियो । जिल्लाकै पश्चिम भेगमा पर्ने पसगाउँमा विगत दुई वर्षदेखि पर्यटन व्यवसाय सुस्त बनेको हो । गाउँमा पाहुना आउँदा पसगाउँको होमस्टेले पनि व्यवसायिकता पाएको थियो । होमस्टे सञ्चालकहरु दिनभर घरायसी काममा व्यस्त हुन्थे साँझ विहान पाहुनाको सत्कारबाट मनग्य आम्दानी गर्थे […]

पर्यटकको पर्खाइमा गुप्सीपाखा सामुदायिक होमस्टे (फोटोफिचर)

समुद्री सतहबाट २८ सय मिटर उचाईमा रहेको धार्चे ४ गुप्सीपाखाको एकीकृत नमूना बस्ती यतिबेला हिउँले झलमल्ल बनेको छ । बौद्ध, गणेश, श्रृङ्गी र हिमचुली हिमालसँगै गुप्सीपाखा हिउँको सेतो पछ्यौरीले ढाकिएपछि...

जुम्लामा स्थानीयवासीद्वारा होमस्टे सञ्चालन

जुम्ला । जुम्लाको पातारासि गाउँपालिका–७ का स्थानीयवासीले गाउँमै होमस्टे सञ्चालन गरेका छन् । गैरसरकारी संस्था ‘हातेमालो नेपाल जुम्ला’ले नमूनाका रूपमा पट्मारा गाउँका ६ घरलाई होमस्टे बनाएको छ । हातेमालो नेपाल जुम्लाका कार्यकारी निर्देशक टेक रावतका अनुसार विस्तारै अन्य घरमा पनि होमस्टे सञ्चालन गरिनेछ । ‘सफल भएमा अन्य घरलाई पनि होमस्टे बनाउने योजना छ,’ उनले भने । हाल रेडपाण्डा (रातो हाब्रे) संरक्षण नेटवर्कको सहयोगमा ६ घरलाई होमस्टे बनाइएको छ । रावतले भने, ‘मुगुको रारा जाने पर्यटकलाई लक्षित गरी पट्मारा गाउँमा होमस्टे सञ्चालन गरिएको होे ।’     गतवर्ष चैतदेखि शुरू भएको होमस्टेमा कोरोना भाइरसको महामारीका कारण पाहुना आगमन कम छ । कोरोनाको संकट कम भएर पर्यटनले लय समात्नेमा रावत विश्वस्त छन् । आन्तरिक र बाह्य पर्यटक आकर्षित हुने उनी बताउँछन् । पाहुनाको पर्खाइमा रहेको होमस्टे सञ्चालिका राज्यलक्षी रावतले बताइन् । ‘पाहुनालाई न्यानो स्वागतका साथै रैथाने बालीका परिकार खुवाउन हामी आतुर छौं । लोकल कुुखुराको सुप र मासु, कालीमार्सी चामलको भात, फापरको परिकार र चिनोको खिरलगायत परिकार तयार पार्छौं,’ उनले बताइन् । रारा जाने तथा पट्मारा गाउँको महारुद्र सामुदायिक वनमा भेटिएको दुर्लभ वन्यजन्तु रेडपाण्डा हेर्न आउने पर्यटकलाई लक्षित गरी होमस्टे शुरू गरिएको रावतले बताए । ‘रेडपाण्डा हेर्न पट्मारा गाउँमा एक पटक आउन आन्तरिक तथा बाह्य पर्यटकलाई आग्रह गर्छौं ।

पर्यटकको पर्खाइमा भुकगाउँ

पर्वत । घरको आँगनबाट देखिने हिमालका पंक्ति । चिटिक्क मिलेको गोरेटो बाटो । ढुंगाले छाएका घरहरू । बजारको कोलाहलबाट टाढा । गाउँलेको न्यानो आतिथ्यसहितको होमस्टे... । यो विशेषता पर्वतको पर्यटकीय गाउँ भुकगाउँको हो । कोरोना कहरपछि यो गाउँ पर्यटकको पखाईमा छ ।   झन्डै एक दशकअघि नेपालमा शुरू भएको ‘इकोभिलेज’को अवधारणाले विस्तारै गति लिइरहेको बेला भुक पनि इकोभिलेजको रूपमा विकास हुँदै गएको छ । गाउँका प्रत्येक गल्लीमा सडक बत्ती, ढल निकाससँगै गाउँमा हिँड्न कलात्मक ढुंगाले बनाइएको करीब डेढ किलोमिटर लामो सिँढी बाटो, ढुंगाले छाइएका घरहरू, सडक छेउमा रोपिएका विरुवा, त्यहाँबाट देखिने प्राकृतिक दृश्य र गाउँकै अर्गानिक उत्पादनलगायत कारण भूकमा कोरोनाकाल अघिसम्म पर्यटकको बाक्लो उपस्थिति हुने गरेको थियो । कोरोनापछि भने सुनसान जस्तै बनेको छ । ‘कोरोनाभन्दा अघिसम्म त यहाँ पाहुनाको लाइनै लाग्थ्यो । कोरोनाले सुनसान बन्यो, हामी पनि अत्तालियौं,’ भुक देउराली विकास मञ्चका संयोजक पञ्चकाजी गुरुङले भने, ‘अब विस्तारै कोरोनाको जोखिम कम हुँदै गएको जस्तो देखिएको छ । यहाँका रमाइला ठाउँहरू घुम्ने सिजन पनि यही बेला हो । अब त पर्यटक यहाँ आउनुपर्छ ।’ पाहुनाहरूलाई स्थानीय स्वाद र रमाइलोको अनुभूतिका लागि १० ओटा ‘होमस्टे घर’ समेत स्थापना गरिएको भूकमा बाजागाजा, दोहोरी लगायत मनोरञ्जनात्मक गतिविधि समेत होमस्टेमा हुने भएकाले पनि पाहुनाको प्रतीक्षामा रहेको होमस्टेका अध्यक्ष टेकबहादुर गुरुङले बताए । भुकगाउँ कास्कीको नयाँ पुल र पर्वतको पातिचौरबाट सवारीसाधनमा जान सकिन्छ भने पदयात्राका लागि नयाँ पुल रोजाइको ठाउँ हो । पदयात्रा गर्दै जाँदा करीब चार घण्टा लाग्छ भने सवारीसाधनमा जाँदा करीब डेढ घण्टाजति लाग्छ । पर्वतका सातओटा पालिकामा गरी झन्डै ४५ ओटा होमस्टे छन् । कोरोना संक्रमणको दर घट्दै गएपछि होमस्टे विस्तारै तँग्रिन थालेका छन् । अहिले अधिकांश होमस्टे आन्तरिक पर्यटकको भरमा सञ्चालन भइरहेका छन् ।

पर्यटकको पर्खाइमा बाँके निकुञ्ज

बाँके । पाटेबाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले स्थापना भएको बाँके राष्ट्रिय निकुञ्ज पर्यटकको पर्खाइमा रहेको छ । २०६७ असार २८ गते स्थापना भएको उक्त निकुञ्जमा पछिल्लो समय पर्यटकको आगमन घटेको छ । निकुञ्जले पर्यटन प्रवद्र्धन गर्ने रणनीतिका साथ काम गरिरहेको प्रमुख संरक्षण अधिकृत श्याम साहले बताए । निकुञ्जमा अहिले आन्तरिक तथा बाह्य पर्यटकका लागि आवश्यक पर्ने सबै संरचना तयार गरिएको उनको भनाइ छ । निकुञ्ज घुम्न पैदल मार्ग, हात्ती सफारी, वास बस्न घरवास (होमस्टे), राप्ती नदीमा जलविहारलगायतको व्यवस्था रहेको उनले बताए । ‘निकुञ्ज घुम्न आउने पर्यटकलाई लक्षित गरी नेपालगञ्ज र कोहलपुरमा तारे होटल तथा निकुञ्ज छेउछाउ होमस्टे सञ्चालन गरिएको छ,’ उनले भने, ‘तर कोभिड–१९ का कारण पर्यटन लक्षित कार्यक्रम प्रभावित भएको छ ।’ निकुञ्जको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ मा ८९९ पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् । तीमध्ये ८६५ आन्तरिक पर्यटक रहेका छन् । २० जना सार्क मुलुकका र १४ पर्यटक अन्य मुलुकका छन् । बाँके, दाङ र सल्यानसम्म फैलिएको उक्त निकुञ्ज स्थापना हुँदा चार पाटेबाघ रहेकामा हाल बढेर २१ पुगेको छ । सहायक संरक्षण अधिकृत महेश न्यौपानेका अनुसार हाल यहाँ पर्यापर्यटनसम्बन्धी गतिविधि भइरहेका छन् । हात्ती सफारी र जिप सफारी निकुञ्जमा निकै लोकप्रिय छ । सँगै जोडिएको बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि वर्षेनि बढ्दै गए पनि बाँकेमा भने सुनसान अवस्था भएको पर्यटन प्रवद्र्धन मञ्चका संयोजक कृष्णप्रसाद श्रेष्ठले बताए ।  रासस

पर्यटकको पर्खाइमा बाँके निकुञ्ज

पाटेबाघको बासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले स्थापना भएको बाँके राष्ट्रिय निकुञ्ज पर्यटकको पर्खाइमा रहेको छ । विसं २०६७ असार २८ गते स्थापना भएको उक्त निकुञ्जमा पछिल्लो समय पर्यटकको आगमनमा कमी आएको छ ।  निकुञ्जले पर्यटन प्रवद्र्धन गर्ने रणनीतिका साथ काम गरिरहेको प्रमुख संरक्षण अधिकृत श्याम साह बताउँछन् । निकुञ्जमा अहिले आन्तरिक तथा बाह्य पर्यटकका लागि आवश्यक पर्ने सबै संरचना तयार गरिएको छ । निकुञ्ज घुम्नका लागि पैदल मार्ग, हात्ती सफारी, बास बस्न घरबास (होमस्टे), राप्ती नदीमा जलव

पाहुनाको पर्खाइमा डाँडागाउँ होमस्टे

काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–५ स्थित डाँडागाउँको ८ घरमा तामाङ समुदायले होमस्टे सुरु गरेका छन् । पहिला यो गाउँका धेरैजसोले व्यावसायिक रुपमा मदिरा (रक्सी) उत्पादन गर्थे । तर, अहिले त्यो पेसा छाडेर होमस्टेमा आकर्षित भएका हुन् । १७ सय उचाइमा रहेको यो ठाउँ नारायणगोपाल चोकबाट १० किलोमिटर दुरीमा छ ।